सर्वोत्तम सिमेन्टको सेयर मूल्य प्रति कित्ता ९०० नजिक, लगातार पाँचौं दिन पोजेटिभ सर्किट

बिजमाण्डू
२०८० चैत्र १३ गते ११:३१ | Mar 26, 2024
सर्वोत्तम सिमेन्टको सेयर मूल्य प्रति कित्ता ९०० नजिक, लगातार पाँचौं दिन पोजेटिभ सर्किट

काठमाडौं। सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा लगातार पाँचौं दिन पोजेटिभ सर्किट लागेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीको सेयर मूल्य मंगलबार कारोबार खुलेको केही मिनेटमै ९.९९ प्रतिशतले बढेको छ। योसँगै कम्पनीको सेयर मूल्य प्रति कित्ता ८९५.१० रुपैयाँ पुगेको छ।

कम्पनीको सेयर दोस्रो बजारमा चैत ६ गतेदेखि कारोबारमा आएको हो। पहिलो कारोबार ५५६ रुपैयाँमा भएकामा पहिलो दिन नै सर्किट लागेर मूल्य ६११.६० रुपैयाँ पुगेको थियो। त्यसयता सबै कारोबार दिनमा सर्वोत्तम सिमेन्टको सेयर मूल्य पोजेटिभ सर्किट लागेर बढिरहेको छ।

सर्वोत्तम सिमेन्ट नेपालमा पहिलोपटक बुक बिल्डिङमार्फत आइपीओ निष्कासन गर्ने कम्पनी हो।

कम्पनीले प्रति कित्ता ३६०.९० का दरले आइपीओ बिक्री गरेको थियो।