सुनको कारोबार मूल्य तोलाको १ लाख २६ हजार ७ सय, चाँदीमा पनि बढोत्तरी

बिजमाण्डू
२०८० चैत्र १२ गते ११:११ | Mar 25, 2024
सुनको कारोबार मूल्य तोलाको १ लाख २६ हजार ७ सय, चाँदीमा पनि बढोत्तरी

काठमाडौं। लगातार उच्च भएको सुन अझ बढेर प्रति तोला १ लाख २६ हजार ७ सय रुपैयाँ पुगेको छ। यो गत शुक्रबारका तुलनामा सोमबार २ सयको बढोत्तरी हो भने चालु महिनाको प्रारम्भका तुलनामा ९ सय रुपैयाँ बढी हो।

Tata
GBIME
Nepal Life

तर, गत बिहीबारका तुलनामा भने १ हजार १ सय रुपैयाँ घटेको हो। लगातार उच्च भएको सुनको कारोबार मूल्यले बढोत्तरीमा कीर्तिमान बनाइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेको छ।

चैत १ मा तोलाको १ लाख २५ हजार ८ सय रुपैयाँ थियो। गत बिहीबार १ लाख २७ हजार ८ सय पुगेको थियो। गत साताको सुरुमा १ लाख २५ हजार पुगेकोमा सोमबार ५ सय घटेको थियो। ७ सयको बढोत्तरीसँगै मंगलबार १ लाख २४ हजार ५ सय रहेकोमा सोही मूल्यमा बुधबार स्थिर थियो। साताको तेस्रो र चौथो दिनको तुलनामा बिहीबार २ हजार ६ सय रुपैयाँ बढेको थियो। शुक्रबार १ हजार ३ सय घटेको थियो।

सोमबार चाँदी तोलाको १५ सय १५ रुपैयाँ भएको छ। यो शुक्रबारका तुलनामा १५ रुपैयाँको बढोत्तरी हो। यसअघि गत बिहीबार १५ सय ५५ रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रति औंस २१६९.५५ डलरले कारोबार भइरहेको छ। एक महिनाको अन्तरालमा सुनको भाउमा १३४.११ डलरको बढोत्तरी भएको छ। चाँदी प्रति औंस २४.६५ डलर छ। चाँदी एक महिनामा २.१७ डलर बढेको छ।