योजना आयोगका नवनियुक्त चार सदस्यले लिए शपथ, पदबहाली ग्रहण

बिजमाण्डू
२०८० चैत्र ९ गते २०:०२ | Mar 22, 2024
योजना आयोगका नवनियुक्त चार सदस्यले लिए शपथ, पदबहाली ग्रहण

काठमाडौं। राष्ट्रिय योजना आयोगका नवनियुक्त चार सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसमक्ष शपथ लिएका हुन्।

Tata
GBIME
Nepal Life

आयोगको कार्यालयमा नवनियुक्त सदस्यहरू डा. अरनिको पाँडे, प्रा. संगीता सिंह, डा. कुशरेन्द्रबहादुर महत र प्रा. शिवराज अधिकारीले उपाध्यक्षसमक्ष शपथ लिएका हुन्।

शपथग्रहण गरेसँगै चारै जना सदस्यले शुक्रबार पदबहाली समेत गरेका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सदस्यमा नियुक्त गरेको थियो।