माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा निर्मलको जमानीमा रिहा, अनुसन्धान जारी रहने

बिजमाण्डू
२०८० चैत्र ९ गते १३:५६ | Mar 22, 2024
माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा निर्मलको जमानीमा रिहा, अनुसन्धान जारी रहने

काठमाडौं। सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिएको छ।

Tata
GBIME
Nepal Life

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको रोहबरमा महरालाई शुक्रबार हाजिरी जमानीमा रिहा गरेको हो। उनलाई निर्मल महराको जिम्मा लगाइएको छ।

रिहा गरिएपनि सीआइबीले अनुसन्धान भने जारी राख्ने छ। महराले सीआइबीले बोलाएका बेला उपस्थित हुनुपर्नेछ। उनलाई चैत ५ गते रुपन्देहीबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो।

जिल्ला अदालत काठमाडौंले ४ दिन हिरासतमा राख्न दिएको म्याद बिहिबार सकिएको थियो।

६१ किलो सुन र भेपभित्रको ९ किलो सुन तस्करी छानबिनका लागि गठित जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिससहित चैत १ गते उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो। त्यही प्रतिवेदनका आधारमा गृहमन्त्री लामिछानेको निर्देशनमा सीआइबीले पूर्वसभामुख महरालाई पक्राउ गरेको थियो।

२०७९ साल पुस १० गते फ्लाइ दुबईबाट विद्युतीय चुरोटमा राखेर ९ किलो सुन तस्करी भएकामा महरा र उनका छोरा राहुलको समेत संलग्नता देखिएको भनिएपनि सुरुमा उनीहरु दुवैमाथि अनुसन्धान गरिएको थिएन।

चौतर्फी दबाबपछि राहुललाई गत भदौ १३ गते पक्राउ गरिएको थियो। उनी अहिले अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन्।