बाँसबारी जुत्ता प्रकरणमा विनोद चौधरीका भिनाजु महेश अग्रवालसँग पनि सीआइबीले लियो बयान

बिजमाण्डू
२०८० चैत्र ८ गते १७:२३ | Mar 21, 2024
बाँसबारी जुत्ता प्रकरणमा विनोद चौधरीका भिनाजु महेश अग्रवालसँग पनि सीआइबीले लियो बयान

काठमाडौं। बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले अनुसन्धान जारी राखेको छ। बिहीबार बिहान सरकारी वकिल कार्यालयमा उद्योगपति विनोद चौधरीसँग दुई घण्टा बयान लिएको छ।

Tata
GBIME
Nepal Life

विनोदका भाइ वसन्त चौधरीसँग पनि सीइआइबीको टोलीले बुधबार कागज गरेको थियो। अहिले चौधरी परिवारका अन्य सदस्यसँग पनि प्रहरीले कागज तथा बयान जारी राखेको छ। यसै क्रममा सीआइबीले विनोद चौधरीका भिनाजु महेश अग्रवालसँग पनि बयान लिएको छ।

सीआइबीले गत माघ १८ गते सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई पक्राउ गरेको थियो। चौतर्फी दबाबपछि उनी एक सातामा हिरासतमुक्त भएका थिए। जारी अनुसन्धानमा सीआइबीले अरुणकी श्रीमती शिला चौधरीसँग पनि बयान लिएको हो।

चार दशकअघि तत्कालीन श्री ५ को सरकारको नाममा रहेको १८ रोपनी ३ आना २ पैसा जग्गा तत्कालीन सरकारले बाँसबारी छाला जुत्ता उद्योगलाई दिएको थियो। त्यसमा १० रोपनी जग्गा २०४३ भदौ १३ मा सहमति भए अनुसार चौधरी परिवारको कम्पनीमा गएको थियो। च्याम्पियन फूटवेयर स्थापना भएपछि बाँसबारी छाला जुत्ताको सेयर रहने सहमति भएको थियो।