भृकुटीमण्डपबाट ह्वीलचियरमा काठमाडौं म्याराथन

प्रवीण रानाभाट
२०८० चैत्र ३ गते ११:४३ | Mar 16, 2024
भृकुटीमण्डपबाट ह्वीलचियरमा काठमाडौं म्याराथन

काठमाडौं। फरक क्षमता भएकाहरुलाई हौसला बढाउन शनिबार काठमाडौंमा ह्वीलचियर म्याराथन भएको छ। भृकुटीमण्डपबाट सुरु भएको म्याराथन भद्रकाली, शहीदगेट, न्युरोड गेट, रानीपोखरी, जमल, दरबारमार्ग हुँदै पुनः भृकुटीमण्डपमा आएर समापन भएको हो।

Tata
GBIME
Nepal Life

ह्वीलचियर प्रयोगकर्ताहरु म्याराथनमा उल्लेख्य संख्यामा सहभागी भएका छन्। बीआइए फाउन्डेसनले आयोजना गरेको प्रतियोगितामा पुरुष र महिला गरि दुई छुट्टाछुट्टै प्रतिष्पर्धा गराइएको थियो।

करिब २५० जना सहभागी भएको आयोजकले जनाएको छ।

दुवै प्रतिष्पर्धा विजेताले समान २५ हजार रुपैयाँ प्राप्त गरे। उपविजेताले १५ र तेस्रो स्थान हात पार्ने खेलाडीले १० हजार रुपैयाँ हात पारे।