पेट्रोलियम पदार्थको मूल्य समायोजनः पेट्रोल, डिजेल र मट्टीतेलमा भाउ घट्यो

बिजमाण्डू
२०८० चैत्र २ गते २०:५१ | Mar 15, 2024
पेट्रोलियम पदार्थको मूल्य समायोजनः पेट्रोल, डिजेल र मट्टीतेलमा भाउ घट्यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। इन्डियन आयल कर्पोरेशनबाट प्राप्त पछिल्लो मूल्य अनुसार निगमले आन्तरिक बजारको मूल्य समायोजन गरेको हो। निगमले पेट्रोल डिजेल र मट्टीतेलको भाउ घटाएको छ।

Tata
GBIME
Nepal Life

निगमले शुक्रबार रातिदेखि लागू हुनेगरि मूल्य घटाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य घटाएको हो।

नयाँ मूल्य अनुसार अब पेट्रोल पहिलो वर्गामा प्रतिलिटर १६८ रुपैयाँ ५० पैसामा कारोबार हुनेछ। यस्तै, दोस्रो वर्गामा १७० र तेस्रोमा १७१ रुपैयाँ प्रतिलिटर कारोबार हुनेछ।

यस्तै, डिजेल र मट्टीतेल पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा कायम हुनेछ। यस्तै, दोस्रो वर्गमा १५७ र तेस्रोमा १५८ रुपैयाँ प्रतिलिटर कायम हुनेछ।