घलेम्दी हाइड्रोले ३२ लाख १७ हजार कित्ता हकप्रद सेयर बोलकबोलमा बिक्री गर्दै

बिजमाण्डू
२०८० माघ ८ गते १०:३२ | Jan 22, 2024
घलेम्दी हाइड्रोले ३२ लाख १७ हजार कित्ता हकप्रद सेयर बोलकबोलमा बिक्री गर्दै

काठमाडौं। घलेम्दी हाइड्रो लिमिटेडले बोलकबोलमार्फत हकप्रद सेयर बिक्री गर्ने भएको छ। कम्पनीले केही समयअघि सर्वसाधारणमा बिक्री हुन बाँकी हकप्रद सेयर बोलकबोलमार्फत पुनः बिक्रीमा ल्याएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले मंगलबारबाट ३२ लाख १७ हजार ७२४ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो। सो सेयर खरिद गर्न योग्य, इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले आवेदन दिन सक्नेछन्।

बोलपत्र फाराम बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालय तथा मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न तथा बुझाउन सकिने जनाइएको छ।

माघ ९ गते मंगलबारबाट २३ गतेसम्म हकप्रदका लागि बोलपत्र फाराम बुझाउनु समयावधि राखिएको छ। सेयरको न्यूनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएको छ।