अन्नपूर्ण क्षेत्रबाट मृगको १८ वटा खुट्टा र ५०० ग्राम मासुसहित एकजना पक्राउ

बिजमाण्डू
२०८० पुष १३ गते १७:२९ | Dec 29, 2023
अन्नपूर्ण क्षेत्रबाट मृगको १८ वटा खुट्टा र ५०० ग्राम मासुसहित एकजना पक्राउ

पोखरा। अन्‍नपूर्ण संरक्षण क्षेत्रबाट मृगको मासुसहित एकजना पक्राउ परेका छन्। गण्डकी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा कास्कीको अन्नपुर्ण-९ दानसिङ सिमलबोट बस्ने ४३ वर्षिय गौप्रसाद क्षेत्री रहेका छन्।

Tata
GBIME
Nepal Life

उनलाई वडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी टोली र एक्यापका रेन्जर भीम उपाध्यायसहितको टोलीले मृगको खुट्टा १८ वटा र अन्दाजी ५०० ग्राम सुकुटी सहित पक्राउ गरेको हो।

मृग चोरी सिकारी गरी घरमा राखिएको सूचनाको आधारमा प्रहरीले क्षेत्रीको घरमा खोजतलासी गरेको थियो। उनलाई बरामद भएको मृगको मासुसहित थप अनुसन्धानका लागि एक्याप हरियो खर्क रामबजार पठाइएको छ।