बालकुमारी झडप : अछाम घर भएका एक युवकको मृत्यु, केही व्यक्ति पक्राउ

बिजमाण्डू
२०८० पुष १३ गते १४:३८ | Dec 29, 2023
बालकुमारी झडप : अछाम घर भएका एक युवकको मृत्यु, केही व्यक्ति पक्राउ

काठमाडौं । ललितपुरको बालकुमारी क्षेत्रमा भएको प्रर्दशनमा एक युवकको मृत्यु भएको छ। झडपमा गम्भिर घाइते भएका अछामका २१ वर्षीय युवकको उपचारको क्रममा ललितपुरको किष्ट अस्पतालमा मृत्यु भएको हो।

Tata
GBIME
Nepal Life

रोजगार अनुमति प्रणाली (इपिएस)को विषयलाई लिएर युवाहरु प्रर्दशन उत्रिएका थिए। प्रहरीले प्रदर्शनमा उत्रिएका केही व्यक्तिलाई पक्राउसमेत गरेको छ।

प्रदर्शनरत युवाले यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनीसमेत गरेका थिए। सुरुमा उनीहरुले मन्त्रीको गाडीको हावा फुस्काएका थिए पछि तोडफोड गर्दै गाडीमा आगजनी गरेका थिए। जब प्रहरी पुगेर भिड नियन्त्रणमा लिन थाल्यो आक्रोशित समूह थप आक्रामक हुँदै आगजनीमा उत्रेका थिए।

प्रर्दशनका क्रममा उनीहरुले सडक अवरुद्ध गर्दै अन्य सवारीसाधनलाई रोकेका थिए। साथै सवारी चालकहरुलाई हातपात गरेका थिए।

केही समययता इपिएसको विषयलाई लिएर संगठित समूह बनेका छन्। पटकपटक उनीहरुले इपिएसको कार्यालय अगाडि प्रर्दशन गर्ने गरेका छन्।

प्रर्दशनको कारण बालकुमारी क्षेत्र वरपर सवारीसाधन संचालन अवरुद्ध भएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर समेत गरेको छ।