दसैं सकिएसँगै राजधानीमा बढ्यो चहलपहल, काठमाडौं भित्रिने नाका र ग्रामीण सडकको दृश्य

प्रवीण रानाभाट
२०८० कात्तिक १२ गते ०९:०५ | Oct 29, 2023
दसैं सकिएसँगै राजधानीमा बढ्यो चहलपहल, काठमाडौं भित्रिने नाका र ग्रामीण सडकको दृश्य

काठमाडौं । कोजाग्रत पूर्णिमासँगै यो वर्षको दसैं सकिएको छ। यससँगै काठमाडौंमा मानिसको चहलपहल बढेको छ।

Tata
GBIME
Nepal Life

शुक्रबारबाट सरकारी कार्यालय र निजी व्यवसाय खुले पनि आजबाट ती कार्यालय, उद्योग र पसलहरु पूर्ण रुपमा संचालनमा आउँदैछन्।

दैनिक काममा फर्किन काठमाडौं उपत्यका बाहिर गएकाहरु फर्किन थालेपछि शुक्रबार र शनिबार काठमाडौं भित्रिने नाकामा भीड थियो। उपत्यका भित्रिने नाकामा सवारीसाधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि थप प्रहरी नै खटाउनुपर्ने अवस्था आएको थियो।

नागढुंगा, साँगा नाकामा सवारी साधनको लामो लाइन लागेको थियो। ग्रामीण सडकहरुमा पनि मानिसहरु जीप, स्कर्पियो रिजर्भ गरेर शहर फर्किरहेका देखिन्थे।

यसवर्ष दसैंको अवसरमा उपत्यकाबाट १६ लाखभन्दा बढी मानिस बाहिरिएका थिए। उनीहरू टीकाको भोलिपल्टदेखि फर्कन थालेकाले भीड देखिएको हो।