केएमसीका विद्यार्थीहरुलाई सेयरसम्बन्धी शिक्षा, इन्टर्नसिपको लागि समझदारी

बिजमाण्डू
२०८० साउन २० गते ०८:५१ | Aug 5, 2023
केएमसीका विद्यार्थीहरुलाई सेयरसम्बन्धी शिक्षा, इन्टर्नसिपको लागि समझदारी
फोटो : केएमसी।

काठमाडौं। दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालिले काठमाडौं मोडेल कलेज (केएमसी)मा स्‍नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी एक दिने सेयर बजारसम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम गरेको छ।

Tata
GBIME
Nepal Life

काठमाडौं मोडेल कलेज परिसरमा आयोजित उक्त कार्यक्रम संस्थागत उत्तरदायित्व अन्तर्गत रहेको दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालिले जनाएको छ।

प्रालिका प्रबन्ध निर्देशक दिनेश राज सापकोटाका अनुसार व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुलाई पनि पुँजी बजारको बारेमा आधारभूत ज्ञान दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो।

आगामी दिनमा पनि पुँजी बजारसम्बन्धी ज्ञान दिने यस्ता कार्यक्रमहरु जारी राख्‍ने उनले बताए। निर्धारित पाठ्यक्रममा व्यवस्था भएबमोजिम इन्टर्नसिप गर्न इच्छुक विद्यार्थीहरुलाई प्रालिले उक्त अवसर समेत प्रदान गर्ने गरी प्रालि र कलेजबीच समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ।