माइतीघरबाट बानेश्वर पुगेर सहकारीपीडितको प्रदर्शन, प्रहरीसँग घम्साघम्सी, केही भए घाइते

प्रवीण रानाभाट
२०८० साउन १८ गते १६:३४ | Aug 3, 2023
माइतीघरबाट बानेश्वर पुगेर सहकारीपीडितको प्रदर्शन, प्रहरीसँग घम्साघम्सी, केही भए घाइते

काठमाडौं। माइतीघर मण्डलमा केही महिनादेखि धर्ना दिइरहेका सहकारी पीडितहरुले आज बानेश्वर पुगेर विरोध प्रदर्शन गरेका छन्। बानेश्वर पुग्ने क्रममा उनीहरुले सडक अवरुद्ध गरेका थिए।

Tata
GBIME
Nepal Life

त्यसपछि प्रहरीले उनीहरुलाई सडकबाट हटाउन खोजेको थियो। त्यसक्रममा सहकारीपीडित र प्रहरीबीच केही बेर घम्साघम्सी परेको थियो।

प्रहरीसँगको मुठभेडमा केही प्रदर्शनकारी घाइते भएका छन्। केहीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

देशभरका ५० भन्दा  बढी सहकारीले पैसा उठाएर भागेपछि बचत फिर्ताको माग राख्दै सहकारी बचतकर्ता पीडितहरू काठमाडौंमा  विगत दुई महिनादेखि आन्दोलनमा छन्।