बालबालिकाको स्मार्टफोन प्रयोगलाई सीमित गर्दै चीन, घट्यो ‘टेक कम्पनी’हरुको सेयर

बिजमाण्डू
२०८० साउन १८ गते ११:४० | Aug 3, 2023
बालबालिकाको स्मार्टफोन प्रयोगलाई सीमित गर्दै चीन, घट्यो ‘टेक कम्पनी’हरुको सेयर
Photo : Reuters

चीनको साइबरस्पेस एड्मिनिस्ट्रेसनले १८ वर्षमुनिका बालबालिकालाई स्मार्टफोन प्रयोग सीमित गर्न सिफारिस गरेको छ। यससँगै चीनका टेकनोलोजी फर्महरुको सेयरको मूल्य घटेको छ।

Tata
GBIME
Nepal Life

बुधबार अलिबाबा र बिलिबिलिले सेयर मार्केटमा ठूलो घाटा ब्यहोरेको र बिहीवार थप घाटा भएको छ।

सिफारिस गरिएको कानुन अनुसार बालबालिकाले एक दिनमा दुई घण्टामात्रै स्मार्टफोन चलाउन पाउनेछन्। यसअघि चीनमा बालबालिकालाई स्मार्टफोनमा गेम खेल्न रोक थियो।

यस्तै, राति १० बजेदेखि बिहान ६ बजेसम्म बालबालिकालाई मोबाइलमा इन्टरनेट चलाउनसमेत रोक लगाउन सिफारिस गरिएको छ।

यो सिफारिस कार्यानव्यनमा आए मोबाइल फोन निर्मता, एप र एप स्टोरहरुले स्मार्टफोनमा ‘माइनर मोड’ राख्नुपर्नेछ। प्रस्तावित कानुन अनुसार १६ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई एक दिनमा दुई घण्टा र ८ वर्ष भन्दा कम उमेर समूहका बालबालिकालाई ८ मिनेटमात्रै मोबाइल चलाउन दिन उल्लेख छ।

यसअघि लागू गरिएको गेम चलाउन रोक लगाउने कानुन राम्रोसँग कार्यान्वयन भएको थियो। १८ वर्ष उमेर समूहकालाई राति १० देखि बिहान ८ बजेसम्म गेम खेल्न रोक लगाइएको छ।

बालबालिकाको स्वास्थ्यमा असर गर्ने भन्दै चीनले भिडियो गेम खेल्न प्रतिबन्ध लगाउनुका साथै अन्य नीतिगत नियमहरु लागू गरिरहेको छ।