काठमाडौं। नेपाल राष्ट्र बैंकले सरकारको १९ अर्ब २६ करोड आन्तरिक ऋण नवीकरण गर्ने प्रक्रिया अगाडि बढाएको छ।
राष्ट्र बैंकले २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिल नवीकरणका लागि राखेको छ। २८ दिने ५ अर्ब रुपैयाँको छ भने ९१ दिने ४ अर्ब २६ करोड रुपैयाँको छ।
अर्को १० अर्ब रुपैयाँ १८२ दिनको छ। यसअघि १८२ दिने ट्रेजरी बिलको औसत ब्याज ११.३८ प्रतिशत कायम भएको थियो।
यसैगरी ९१ दिनेको १०.७९ प्रतिशत र २८ दिनको ८.५२ प्रतिशत कायम भएको थियो। तरलता संकट र उक्लँदो ब्याजका कारण यसपाली सरकारलाई नयाँ ऋण लिन र पुरानो नवीकरण गर्न महँगो परिरहेको छ।