हाम्रो आफ्नो ब्रान्ड जोगाउन नसक्दा निर्यातको ग्राफ घट्दो छ: एफएनसीसीआई अध्यक्ष गोल्छा

बिजमाण्डू
२०७९ असोज १२ गते १७:२६ | Sep 28, 2022
हाम्रो आफ्नो ब्रान्ड जोगाउन नसक्दा निर्यातको ग्राफ घट्दो छ: एफएनसीसीआई अध्यक्ष गोल्छा

काठमाडौं। नेपालको निर्यात झनझनै घट्दै गएको नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) का अध्यक्ष शेखर गोल्छाले बताएका छन्। गोल्छाले नेपालको निर्यातको अवस्था र चुनौतीको बारेमा छलफल गर्न आयोजना गरिएको कार्यक्रम निर्यात घट्दै गएको बताए। 

Tata
GBIME
Nepal Life

'नेपालले १८ वर्षअघि डब्लुटीओसँग निर्यातको लागि सदस्यता लिएको थियो। त्यो समय नेपालको निर्यातको अवस्था राम्रो थियोे,' गोल्छाले भने, 'तर अहिलेको अवस्थासम्म आइपुग्दा हाम्रो निर्यात आधा घटेको छ।'

नेपालले निर्यात गर्ने सामानमा भ्यालु एड गर्न नसक्दा ब्रान्ड भ्यालु गुमाउँदै गएकाले निर्यात कम हुँदै गएको उनको भनाइ छ।

'हामीले ड्युटीमा आधारित भएर मात्र निर्यात गर्दा हाम्रो सामानको निर्यात बढाउन सकेका छैनौं,' उनले भने, 'चीन र बंगलादेशले जसरी डब्लुटीओलाई बुझेर निर्यात बढाउन आफ्नो स्रोतको उत्पादन तथा परिचालन गरेको छ त्यसरी नेपालले भने आफ्नो ब्रान्डलाई जोगाउन सकेको छैनौं।'

गोल्छाले नेपालको आफ्नै ब्रान्ड चिया, कार्पेट तथा गार्मेन्ट्सलाई सरकारले निरन्तरता दिन नसकेकोमा दु:ख व्यक्त गरे। यस्तै, सरकारले हालै ल्याएको निर्यातमा ८ प्रतिशत नगद अनुदान व्यवसायीहरुले सकारात्मक रुपमा लिएको बताए।

'सरकारले निर्यातमा नगद सहुलियत ल्याउँछ। तर सरकारले नै नगद नदिएको उदाहरणहरु पनि विगतका वर्षहरुमा देखिएका छ्न्,' उनले भने। 

उनले व्यवसायीलाई नगद अनुदान दिने बेला सरकारले सहजीकरण गर्न पनि आवश्यक रहेकोमा जोड दिए।