सनरुफ भएको नयाँ सुजुकी ब्रेजा कम्प्याक्ट एसयूभी आयो, एक लिटर पेट्रोलले २० किमी माइलेज दिने दाबी

बिजमाण्डू
२०७९ असार १७ गते ११:४४ | Jul 1, 2022
सनरुफ भएको नयाँ सुजुकी ब्रेजा कम्प्याक्ट एसयूभी आयो, एक लिटर पेट्रोलले २० किमी माइलेज दिने दाबी

काठमाडौं। मारुतीको २०२२ नयाँ सुजुकी ब्रेजा कम्प्याक्ट एसयूभी भारतमा सार्वजनिक गरिएको छ। उक्त नयाँ सुजुकी ब्रेजामा ६-स्पिड अटोमेटिक गियरबक्समा उपलब्ध छ।

Tata
GBIME
Nepal Life

यसको मूल्य भारतमा भारु ७.९९ लाखदेखि १३.९६ लाखसम्म तोकिएको छ। यो गाडीमा नयाँ फ्रेस लुक्स दिइएको छ। यसमा ३६० डिग्री क्यामेरा छ भने सुजुकीको गाडीमा पहिलो पटक सनरुफ राखिएको छ। सात भेरियन्टमा ल्याइएको यो नयाँ ब्रेजा पेट्रोल इन्जिनमा मात्र उपलब्ध छ। 

नयाँ ब्रेजामा १.५ लिटरको के-१५ सी टाइपको १४६२ सीसी क्षमताको इन्जिन छ। सुजुकी के-१५ सी इन्जिन भनेको सुजुकी परिवारको एल्युमिनियम इनलाइन-तीन वा चार सिलिन्डर अटोमोबाइल इन्जिनहरूको एक शृंखला हो। यो सन् १९९४ बाट सुरु गरिएको थियो।

नयाँ ब्रेजाको इन्जिनले १०३ हर्सपावरमा १३७ एनएम टर्क जेनेरेट गर्न सक्छ। यस्तै यसमा ५-स्पिडको म्यानुअल र ६-स्पिडको अटोमेटिक गियरबक्सको स्ट्यान्डर्ड भेरियन्टहरु उपलब्ध छन्।

कम्पनीले दाबी गरेअनुसार म्यानुअल भेरियन्टमा एक लिटर पेट्रोलले २०.१५ किलोमिटर दुरी पार गर्न सकिन्छ भने अटोमेटिक भेरियन्टमा १९.८० किलोमिटर दुरी पार गर्न सकिन्छ। यो गाडी ग्लोबल सी प्लाटफर्ममा निर्माण गरिएको हो। साथै गाडीको बडी प्यानेल र इन्टेरियर डिजाइनहरु सबै फ्रेस अपडेट गरिएको छ।

यो नयाँ ब्रेजा पनि पुरानो जत्रै साइजमा उपलब्ध छ तर उचाइ भने ४५ एमएमले बढाइएको छ। यस्तै फ्ल्याट बर्नेट र स्क्वाइरिस तथा स्क्वायर डुअल-एलइडी हेडल्याम्प अलि पृथक रुपमा गन मेटल शेडमा डिजाइन गरिएको छ।

पछाडिको भाग टेल्गेटको डिजाइन पनि अपडेट गरिएको छ। जसमा नम्बर प्लेट राख्ने ठाउँभन्दा माथि स्लिम, होराइजोन्ट्ली टेलल्याम्प राखिएको छ। यसमा १६ इन्चको डुअल-टोन अलोय ह्वील उपलब्ध छ।

यो नयाँ ब्रेजाको इन्टेरियरमा डुअल-टोन ब्ल्याक र ब्राउन ड्यासबोर्डको रुपमा डिजाइन गरिएको छ। यो डिजाइन बलेनोमा भएको ड्यासबोर्ड जस्तै देखिन्छ। साथै स्वीचगियर, स्टेरिङ ह्वील, इन्स्ट्रुमेन्ट कल्स्टर, इन्फोटेन्मेन्ट सफ्टवयर र अरु धेरै फिचरहरु यो गाडीमा उपलब्ध छन्।

फुलअफ्सन ब्रेजामा ९.० इन्चको प्रो-टच स्क्रिन भएको स्मार्टप्ले छ। जसलाई एन्ड्रोइड तथा एप्पल कार प्लेसँग कनेक्ट गर्न सकिन्छ। यस्तै वायरलेस चार्जिङ, रियर एसी भेन्टस्, भ्वाइस कमान्ड सप्रोर्ट, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, एम्बियन्ट लाइटेनिङ, युएसबी टाइप सी पोर्ट आदि फिचर उपलब्ध छन्।