जगदम्बाले थाल्यो तेस्रो मुलुकमा निर्यात, पहिलोपटक दक्षिण अफ्रिकासम्म पुग्यो ‘स्टिल सिट’

बिजमाण्डू
२०७८ माघ २३ गते १७:४९ | Feb 6, 2022
जगदम्बाले थाल्यो तेस्रो मुलुकमा निर्यात, पहिलोपटक दक्षिण अफ्रिकासम्म पुग्यो ‘स्टिल सिट’


काठमाडौं। नेपालको सबैभन्दा ठूलो क्षमताको स्टिल उत्पादक कम्पनी जगदम्बा स्टिलले तेस्रो मुलुकमा उत्पादनको निर्यात गर्न थालेको छ।

Tata
GBIME
Nepal Life

औद्योगिक घराना शंकर समूहअन्तर्गतको यस कम्पनीले नेपाली औद्योगिक इतिहासमै पहिलोपटक तेस्रो देशमा स्टिल उत्पादनको निर्यात थालेको दाबी गरेको छ। 

समूहका अध्यक्ष शंकरलाल अग्रवालले भने, ‘नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रुपमा स्थापित हुन पाउँदा हामी निकै गौरवान्वित छौं। यससँगै गुणस्तरको निरन्तरताका लागि प्रतिबद्धता जनाउँदै भविष्यमा अझ उत्कृष्ट उत्पादनहरु उपभोक्ता माझ पस्कँदै जान थप आत्मबल मिलेको आभाष भइरहेको छ।’

कम्पनीका अनुसार जगदम्बा स्टिल उत्पादन गर्ने जस्तापाता (कलर कोटेड कोइल्स तथा सिट) दक्षिणपूर्वी तथा मध्यपूर्वी एसियाली देशका साथै दक्षिण अफ्रिकामा निर्यात थालेको कम्पनीले जनाएको छ। 

यी क्षेत्रहरुमा जगदम्दा स्टिलले निर्यात गर्ने यस्तो सिटको माग विदेशमा समेत बढिरहेको विज्ञप्तिमा उल्लेख  गरेको छ।