५५ अर्ब ८२ करोड रुपैयाँ स्थायी तरलता सुविधा प्रयोग, ओभरनाइट रिपो पनि ५० करोड रुपैयाँ प्रयोग

बिजमाण्डू
२०७८ मंसिर २३ गते १६:१५ | Dec 9, 2021

काठमाडौं। तरलता अभाव चर्किएर अनिवार्य नगद अनुपात (सीआरआर) कायम गर्ने पैसा समेत हुन छाडेपछि बैंकहरुले एकै दिन ५५ अर्ब ८२ करोड ७० लाख रुपैयाँ सापटी चलाएका छन्।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकका अनुसार, २२ वटा बैंक तथा वित्तीय संस्थाहरुले बिहीबार ५ प्रतिशत ब्याजको स्थायी तरलता सुविधा (एसएलएफ) चलाएका हुन्।

राष्ट्र बैंकका अनुसार, बिहीबारसम्म गरेर चालु आर्थिक वर्ष २२ खर्ब ३८ अर्ब ७ करोड ५ लाख रुपैयाँ स्थायी तरलता सुविधा लिइसकेका छन्।

बिहीबार ओभर नाइट रिपो ५० करोड रुपैयाँ चलेको छ। एउटा संस्थाले यो सापटी लिएको हो। चालु वर्ष ६२ अर्ब ७४ करोड ४९ लाख ५० हजार रुपैयाँ लिइसकेका छन।