म्याक्स मिडिया डिजिटल गुरु प्रतियोगिता सुरु, उत्कृष्टले पाँच लाख रुपैयाँ पुरस्कार पाउने

बिजमाण्डू
२०७८ असोज १४ गते २०:२३ | Sep 30, 2021
म्याक्स मिडिया डिजिटल गुरु प्रतियोगिता सुरु, उत्कृष्टले पाँच लाख रुपैयाँ पुरस्कार पाउने

ललितपुर। नेपालकै अग्रणी मिडिया कम्पनी म्याक्स मिडियाको आयोजनामा ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता सुरु भएको छ। कम्पनीले डिजिटल मिडिया सम्वन्धी संभवत नेपालकै पहिलो र सबैभन्दा ठूलो प्रतियोगिताले यो क्षेत्रमा बिज्ञता भएका ब्यक्तिहरुलाई सहभागी हुन आब्हान गरेको छ।

Tata
GBIME
Nepal Life

यो प्रतियोगिता सञ्चालन गर्नुको मुख्य उद्धेश्य नै डिजिटल मिडियामा विज्ञताभएका ब्यक्तिहरुको पहिचान गर्दै उनीहरुलाई ब्यक्तिगत एवं समग्र नेपाली मिडिया उद्योगलाई नै टेवा पुर्‍याउन पहिचान, प्रोत्साहन र अवसर प्रदान गर्नुरहेको कम्पनीले जनाएको छ।

कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ-'नेपालमा विभिन्न विदेशी कम्पनीसँग सहकार्य गरेर डिजिटल मिडिया सम्वन्धी काम गर्ने अभ्यास भइरहेको छ। तर हामी स्वदेशमै रहेको प्रतिभाको खोजी गरी डिजिटल मिडिया सम्वन्धी आवश्यकता पूरा गर्ने उदेश्य लिएका छौं। '

कम्पनीले पाँच वर्षको अवधिमा संचार क्षेत्रमा धेरै ठूलो परिवर्तन देखिएको जनाउँदै नेपालमा डिजिटल मिडियाको संभावना उच्च देखेको ठहर छ। प्रतियोगिताबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा आफ्नो क्षमता प्रस्तुत गर्ने उचित अवसर प्राप्त गर्ने जनाउँदै कम्पनीले यसले मिडिया उद्योगलाईनै फाइदा पुर्या्रउने जनाएको छ।

कम्पनीका अनुसार प्रतियोगिता एउटा बिशेष चुनौतिको परीक्षण गर्ने लक्ष्य सहित पहिलो पटक प्रस्तुत भएको डिजिटल हेडहण्ट हो जहाँ सहभागीले प्रतियोगिताको नियममा रहेर आफ्नो रुचीको बिषयमा डिजिटल मिडिया सम्वन्धि सबल प्रस्तुति गर्न दिइनेछ।

कम्पनीले उत्कृष्टलाई पाँच लाख पुरस्कार दिने समेत घोषणा गरेको छ।प्रतियोगितामा सहभागी हुन www.digitalguru.maxmedia.com.np मा रजिष्टर गर्न सकिने कम्पनीले जनायो।