देशकै ठूलो क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग शनिबारबाट, एनसेल फोरजीको मजा लिन सकिने

बिजमाण्डू
२०७८ असोज ८ गते १०:५२ | Sep 24, 2021
देशकै ठूलो क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग शनिबारबाट, एनसेल फोरजीको मजा लिन सकिने

 काठमाडौं। देशकै ठूलो क्रिकेट प्रतियोगिता 'बजाज एभरेस्ट प्रिमियर लिग (ईपीएल)' मा एनसेलको फोरजी प्रयोग गर्दै खेलको मज्जा लिन सकिने भएको छ। 

Tata
GBIME
Nepal Life

शनिबारबाट सुरु हुने ईपीएलमा नवप्रतिभाहरुको प्रवर्द्धनका लागि खेलकुदमा लगानी गर्ने उद्देश्य राखिएको एनसेलले जनाएको छ। प्रत्यक्ष प्रशारण हुने खेलले ग्राहकहरुसँग प्रत्यक्ष जोडिन सहयोग पुग्ने विश्वास एनसेलको छ। 

ईपीएलको नयाँ संस्करणमा एनसेल ‘कनेक्टेड बाई पार्टनरको रूपमा आबद्ध भएको छ। आफ्नो सबैभन्दा ठूलो फोरजी सञ्जालका साथ एनसेलले ईपीएलमार्फत उपभोक्ताहरुमाझ आउटडोर खेल प्रतिको लगावलाई पुनःस्थापित गर्न मद्दत गर्ने जनाएको छ। 

हालको अप्ठेरो परिस्थितिका कारण मानिसहरू विभिन्न सामाजिक गतिविधिबाट अलग्गिएको अवस्थामा एनसेल आफ्ना ग्राहकहरुसँग डिजिटल माध्यमबाट जोडिरहन चाहेको जनाएको छ। 

क्रिकेट प्रतिभाहरूका लागि महत्त्वपूर्ण मञ्च सिर्जना गर्दै उनीहरूलाई अन्तर्राष्ट्रिय प्रतिभाहरूसँग जोड्ने उद्देश्य ईपीएलको हो। सन् २०१६ देखि शुरु भएको यो प्रतियोगिता अहिले विश्वको ठूलो क्रिकेट लिगमध्ये एक हुन पुगेको छ।

यो खेल विश्वका १५५ देशमा प्रसारण गर्ने आयोजकको तयारी छ। ४५ करोड जनसंख्या यो प्रतियोगिताको पहुँचमा हुने बताइएको छ। ईपीएलअन्तर्गत सन् २०१७ र २०१८ मा अन्तर्राष्ट्रिय खेलाडीहरू पहिलोपटक नेपाली क्रिकेट प्रतियोगितामा सहभागी भएका थिए।

पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदीसमेत यस वर्ष ईपीएलमा सरिक हुँदैछन्। 'नेपालको जस्तो प्राकृतिक सौन्दर्य अरू कतै नरहेको सुनेको छु र ईपीएलको नयाँ संस्करण नेपालमा खेल्न म निकै उत्साहित छु,' शाहिदले भनेका छन्।