भारतीय बजारमा सार्वजनिक भयो टीभीएस रेडर, १२५ सीसी क्षमताको स्पोर्टी स्टाइलको बाइक

बिजमाण्डू
२०७८ असोज १ गते १३:०९ | Sep 17, 2021

काठमाडौं। भारतीय मोटरसाइकल उत्पादक कम्पनी टीभीएस मोटर्सले १२५ सीसी क्षमताको मोटरसाइकल सार्वजनिक गरेको छ। १२५ सीसीको सेग्मेन्टमा स्पोर्टी शैलीमा डिजाइन गरिएको कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार यो बाइकको  मूल्य ७७ हजार भारु छ। बाइकमा डे टाइम रनिङ लाइट सहितको एलइडी हेडल्याम्प जडान गरिएको छ। बाइकको फ्युल ट्यांक आकर्षक छ।

पछाडी पट्टि जडान गरिएको १७ इन्चको अलोइ व्हिल र एलइडी टेललाइटले बाइकको आवरण थप आकर्षक बनाएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो बाइक रातो, पहेँलो र कालो गरी तीन रङमा उपल्ब्ध रहेको छ।

फुल्ली डिजिटल कन्सोल सहितको बाइकमा ट्रिप मिटर्स, दुरी सकिन लागेको, स्टार्टर जेनेरेटर, गियर सिफ्ट इन्डिकेटर, एभरेज स्पीड रेकर्डर लगायतको सुविधा रहेको कम्पनीले जनाएको छ।

बाइकको अगाडिको भागमा रहेको एलसीडी स्क्रीनमा स्मार्ट कनेक्ट फिचर समावेश गरिएको छ। वाइकमा सिंगल सिलिण्डर र तीनवटा भल्भ युक्त इन्जिन समावेश छ। बाइकमा ७५०० आरपिएममा ११.२ बिएचपी पावर छ। कम्पनीका अनुसार बाइकको ६००० आरपिएममा ११.२ एनएम अधिकतम टर्क क्षमता रहेको छ।

पाँचवटा स्पीड गियर बक्स समावेश गरिएको बाइकमा इको र पावर गरी दुई किसिमको राइडिङ मोड समावेश गरिएको छ।

अगाडि भागमा टेलस्कोपिक फर्क र पछाडि मोनोसक जडान गरिएको यो बाइकमा डिस्क र ड्रमब्रेक समावेश गरिएको छ।

भारतीय बजारमा यो बाइकले होण्डको सीबी साइन, साइन एसपी, हिरोको ग्ल्यामर, बजाजको पल्सर १२५, एनएस १२५ लगायतका बाइकसँग प्रतिस्पर्धा गर्नेछ।