काठमाडौंमा सामान सार्न सजिलो बनाउँदै उपाय सिटी कार्गो, छिट्टै पोखरा र बुटवल पुग्ने

बिजमाण्डू
२०७८ भदौ २१ गते ११:२२ | Sep 6, 2021


काठमाडौं। अनलाइन कार्गो ढुवानी सेवा 'उपाय सिटी कार्गो' ले काठमाडौंमा मालसामानको सहज ढुवानी सेवा सुरु गरेको छ। युकेएड स्किल्स फर इम्प्लोइमेन्ट प्रोग्राम सीपको साझेदारीमा  काठमाडौंमा सेवा सुरु गरेको कम्पनीले छिट्टै पोखरा र बुटवल भैरहवामा पनि आफ्नो सेवा सुरु गर्ने जनाएको छ। 

Tata
GBIME
Nepal Life

कम्पनीले दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधन प्रयोग गरी ढुवानी सेवा दिने छ। युके एडको अनुदान प्राप्त सीप परियोजनाको साझेदारीमा कम्पनीले शहरभित्रै साना व्यवसायका साथै भारी सामान  ढुवानी गर्न सक्ने जनाइएको छ।  

काठमाडौंका सेवाग्राहीलाई मध्यम तथा लामो दुरीको सेवा दिने कम्पनीका अध्यक्ष सुमन रायमाझीले बताए। भविष्यमा विद्युतीय सवारी साधनको प्रयोग गरी पर्यावरण मैत्री कम्पनीको रुपमा काम गर्ने लक्ष्य रहेको उनको भनाई छ। 

'उपायले टेक्नोलोजी प्लाटफर्मको उपयोग गरी नयाँ रोजगारी सिर्जना गर्नेछ।'- युकेएड स्किल्स फर इम्प्लोइमेन्ट प्रोग्रामका प्रमुख बल्जित वोहराले बताए। 

उपायले दुई हजार भन्दा बढी चालकलाई डिजिटल साक्षरता, ई-बैंकिंग र ग्राहक सेवा सेवाहरूमा ध्यान केन्द्रित गर्दै स्वरोजगार सिर्जना गर्न प्रशिक्षण दिने समेत जानकारी दिएको छ।

शहर केन्द्रित आधिकारीक अनलाइन ढुवानी सेवाप्रदायक कम्पनीले पिकअप ड्राइभर पार्टनरसँगै दुई पाङ्ग्रे राइडर पार्टनरसँग सहकार्य गरेको छ। कम्पनीले नेपालको विभिन्न शहरहरूमा साना र थोक सामानहरूको छिटो र सजिलो ढुवानी सेवा प्रदान गर्दछ। 

कम्पनी अन्तर्गत दुई पाङ्ग्रे सेवामा तीन सय ६९ राइडर आवद्ध छन् भने चार पाङ्ग्रे सवारीसाधन सेवामा २१ सय ३४ चालक आवद्ध रहेको युकेएड स्किल्स फर इम्प्लोइमेन्ट परियोजना संयोजक छिरीङ डोल्माले बताइन्।

दुई पाङ्ग्रे सवारीसाधन मार्फत ढुवानी सेवाका लागि न्यूनतम ६० रुपैयाँ र चार पाङ्ग्रे सवारीसाधनका लागि न्यूनतम पाँच सय रुपैयाँ  शुल्क निर्धारण गरिएको उनले जानकारी दिइन्।  उनका अनुसार दुई पाङ्ग्रे सवारीसाधनमार्फत २० किलो भन्दा कम वजनको सामान ढुवानी हुनेछ।