अन्तर-प्रदेश उडान गन्तव्य विस्तारमा बुद्ध एयर, अगस्ट १५ देखि भरतपुर-भैरहवा नियमित उडान 

बिजमाण्डू
२०७८ साउन १९ गते १५:२८ | Aug 3, 2021
अन्तर-प्रदेश उडान गन्तव्य विस्तारमा बुद्ध एयर, अगस्ट १५ देखि भरतपुर-भैरहवा नियमित उडान 

काठमाडौं। निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले आउँदो अगस्ट १५ देखि भरतपुर-भैरहवा-भरतपुर नियमित उडान सुरु गर्ने भएको छ। यो गन्तव्यमा कम्पनीले सुरुमा साताको तीन दिन आइतबार, बुधबार र शुक्रबार नियमित उडान गर्ने योजना रहेको जनाएको छ। 

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार भरतपुर-भैरहवा उडानका लागि दिउँसो १२:५५ बजे र भैरहवा-भरतपुर उडानका लागि दिउँसो १:२५ को उडान तालिका छ। 

कम्पनीले सोमबारदेखि पुनः सुरु गरेको पोखरा-नेपालगञ्ज उडान आउँदो सातादेखि साताको पाँचवटा गर्ने योजना रहेको बिक्री तथा बजार निर्देशक रुपेश जोशीले बताए। यो सँगै कम्पनीले वीरगंजलाई लक्ष्य गर्दै पोखरा-सिमरातर्फको पनि उडान पनि सुरु गर्ने योजना रहेको उनले जानकारी दिए।

'आउँदो सातासम्म हामी यी दुई गन्तव्यमा नियमित उडानको टुंगो लगाउनेछौं,' उनले भने। कम्पनीले हाल १० वटा ७२ सिट क्षमताको एटीआर-७२, ४२ सिटे तीन एटीआर-४२ र दुई बिचक्राफ्ट लगायत १५ वटा जहाजबाट सेवा दिँदै आएको छ।