लक्ष्मी बैंकमा रुङ्गटा र जैन नयाँ सञ्चालक, बोनस पारितपछि पुँजी १० अर्ब ६९ करोड पुग्यो

बिजमाण्डू
२०७७ पुष २८ गते १६:०१ | Jan 12, 2021
लक्ष्मी बैंकमा रुङ्गटा र जैन नयाँ सञ्चालक, बोनस पारितपछि पुँजी १० अर्ब ६९ करोड पुग्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। लक्ष्मी बैंकको २०औं बार्षिक साधारणसभाले साढे ११ प्रतिशत लाभांश पारित गरेको छ।

बैंकको मंगलबार बसेको साधारणसभाले ९ प्रतिशत बोनस सेयर र साढे २ प्रतिशत नगद लाभांस पारित गरेको छ। बोनस सेयर पारितसँगै बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।

बैंकको साधारणसभाको अर्को एजेण्डा सञ्चालक चयन पनि थियो। सर्वसाधारण सेयरधनीका तर्फबाट विश्वकरण जैन र स्वाति रुङ्गटा सञ्चालकमा निर्बिरोध चयन भएका छन्। 

बैंकको गत बर्ष एक खर्ब ७६ करोड निक्षेप थियो भने ८९ अर्ब ८९ करोड कर्जा लगानी गरेको थियो। गत बर्ष बैंकले एक अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेको थियो।