फ्रान्समा लकडाउन: पेरिसबाट बाहिरिन खोज्दा मध्यरातमा सडकमा गाडीको जाम

बिजमाण्डू
२०७७ कात्तिक १४ गते १०:०८ | Oct 30, 2020

Tata
GBIME
Nepal Life

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि फ्रान्सले देशभर फेरि लकडाउन गरेको छ। लकडाउन सुरु हुनुभन्दा केही अघि पेरिसमा भने सडकमा गाडीहरुको धेरै चाप देखियो।

बीबीसीका अनुसार बिहीबार साँझ पेरिसको इल डे क्षेत्रमा ७०० किलोमिटरसम्म गाडीहरुको जाम रहेको थियो। नयाँ प्रतिबन्धहरु लगाउँदै मध्यरातमा लकडाउन सुरु हुने भएपछि सयौंको संख्यामा मानिसहरुले शहर छाड्ने क्रममा जाम भएको थियो।

फ्रान्स सरकारले नागरिकहरुलाई अत्यावश्यक काम र स्वास्थ्य सेवाका लागि मात्रै बाहिर निस्कन भनेको छ। अरु सबै गतिविधमा प्रतिबन्ध लगाइएको छ। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले लकडाउन गरिएपनि उद्योग र सार्वजनिक संस्था भने खुल्ला नै रहने बताएका छन्। उनले भाइरसको दोस्रो वेभ पहिलाभन्दा खतरनाक हुन सक्ने भन्दै सबैलाई घरभित्रै रहेर सहयोग गर्न आग्रह गरेका छन्।

फ्रान्समा बिहीबारमात्रै ४७ हजारभन्दा बढी संक्रमित पहिचान भएका थिए भने २५० जनाको मृत्यु भएको थियो।