११ जिल्लामा निःशुल्क दिँदै आएको इन्टरनेटमा अब पैसा लाग्ने, प्राधिकरणले भन्यो- अब तिर्नुस

बिजमाण्डू
२०७७ असोज २७ गते १०:५३ | Oct 13, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्प प्रभावित ११ जिल्लाहरूलाई सित्तैं उपलब्ध गराइरहेको ब्रोडब्याण्ड इन्टरनेट सेवामा अब शुल्क उठाउने भएको छ। 

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनाहरूमार्फत भूकम्प प्रभावित ११ जिल्लाहरूमा ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउदै आएको छ। 

भूकम्प प्रभावित नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, धादिङ, मकवानपुर, दोलखा, रामेछाप, ओखलढुंगा र सिन्धुलीका इन्टरनेट सेवा नपुगेका स्थानीय तहहरूमा निःशुल्क उपलब्ध थियो। साथै सामुदायिक स्वास्थ्य संस्थाहरू तथा सामुदायिक माध्यमिक विद्यालयहरूमा दुई वर्षसम्म निःशुल्क ब्रोडब्याण्ड इन्टरनेट सेवा दिइएको थियो।

कोभिड-१९ को संक्रमणको कारण प्राधिकरणले थप केही समय निःशुल्क रूपमा ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको थियो। अब भने शुल्क लिने भएको हो। अब ती जिल्लाका सेवाग्राहीले प्राधिकरणबाट स्वीकृत गरेको महसुल दरमा सेवा प्रदायकहरूसँग सम्झौता गरी इन्टरनेट सेवा प्रयोग गर्नुपर्ने हुन्छ। अब प्रयोगकर्ता निकायहरूले इन्टरनेटको शुल्क तिर्नु पर्नेछ।