विद्युत प्राधिकरणमा आए नयाँ प्रवक्ता, उपकार्यकारी निर्देशक मदन तिम्सिना प्रवक्तामा नियुक्त

बिजमाण्डू
२०७७ असोज १३ गते १८:१८ | Sep 29, 2020
विद्युत प्राधिकरणमा आए नयाँ प्रवक्ता, उपकार्यकारी निर्देशक मदन तिम्सिना प्रवक्तामा नियुक्त

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको प्रवक्तामा प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिना नियुक्त भएका छन्। प्राधिकरणका १२ औं तहका उपकार्यकारी निर्देशक उनी उत्पादन निर्देशनालयका प्रमुख समेत हुन्।

यसअघि विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारी प्राधिकरणको प्रवक्ता थिए। कुलमान घिसिङको कार्यकाल सकिएसँगै अधिकारी पनि प्रवक्ताको जिम्मेवारीबाट बाहिरिएका थिए। करिब २ हप्तादेखि रिक्त रहेको प्राधिकरणको प्रवक्ताको जिम्मेवारी तिम्सिनाले पाएका हुन्।