लक्ष्मी बैंकको अध्यक्षमा नागरिक लगानी कोषका रमण, अनलाइनबाटै गभर्नरसँग सपथ

बिजमाण्डू
२०७७ भदौ १७ गते १६:०४ | Sep 2, 2020
लक्ष्मी बैंकको अध्यक्षमा नागरिक लगानी कोषका रमण, अनलाइनबाटै गभर्नरसँग सपथ

Tata
GBIME
Nepal Life

काठमाडौं। लक्ष्मी बैंक लिमिटेड सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल चयन भएका छन्। बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले नेपाललाई अध्यक्ष छानेको हो। 

नवनियुक्त अध्यक्ष नेपालले आजै नेपाल राष्ट्र बैंकका गभर्नरसँग विद्युतीय माध्यम (अनलाइन) बाट पदको सपथ लिएका छन्। नयाँ बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनले अध्यक्षले गभर्नरसँग सपथ लिनु पर्ने ब्यवस्था गरेको छ।

नेपालले बैंकको संस्थापक शेयरधनी नागरिक लगानी कोषको तर्फबाट प्रतिनिधित्व गरेका हुन्। उनी २०७५ फागुनदेखि बैंकको सञ्चालक समिति सदस्य थिए। 

नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि पुरा गरी निर्देशकको पदबाट सेवानिवृत्त भएका नेपाल कोषमा कार्यकारी निर्देशक छन्।