योजना आयोग सदस्य छोडेर लगानी बोर्डको सीईओ बनेका सुशील भट्टले गरे पदबहाली

बिजमाण्डू
२०७७ साउन २१ गते १७:२३ | Aug 5, 2020
योजना आयोग सदस्य छोडेर लगानी बोर्डको सीईओ बनेका सुशील भट्टले गरे पदबहाली

Tata
GBIME
Nepal Life

काठमाडौं । गत सोमबारको मन्त्रीपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेका सुशील भट्टले पदबहाली गरेका छन् । भट्टले बुधवार दिउँसो बोर्डको कार्यालय पुगेर पदबहाली गरेका हुन् ।

भट्ट यसअघि राष्ट्रिय योजना आयोगका सदस्य थिए। उनी योजना आयोगमा रहँदा भौतिक र पूर्वाधार क्षेत्र हेर्ने गर्थे। योजना आयोग छाडेर सीईओमा आउन उनले आवेदन दिएका थिए। 

भट्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सोझो चासोमा बोर्डको सीईओ नियुक्त भएको बताइन्छ । बोर्डको सीईओका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको समितिले भट्टसहित डा. सरोज कोइराला र रामकृष्ण खतिवडाको नाम सिफारिस गरेको थियो।

नेपाल व्यवस्थापन संघका पूर्वअध्यक्ष समेत रहिसकेका भट्टले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनीयरिङ गरेका छन् । उनले व्यवस्थापन क्षेत्रको विज्ञको रुपमा नेपाल सरकारबाट प्रदान गरिने प्रवल जनसेवा श्री तथा भारतको टाइम्स एसेन्ट वोर्ल्ड मानव स्रोत विकास कांग्रेस द्वारा उत्कृष्ट मानव स्रोत साधन व्यवस्थापक अवार्ड पाएका छन्।