राष्ट्र बैंक फोर्सफुल मर्जरको पक्षमा, प्रोत्साहन भन्ने शब्द हटाएर ‘निर्देशन’ भन्ने शब्द राख्यो

बिजमाण्डू
२०७७ साउन १२ गते १८:२७ | Jul 27, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल राष्ट्र बैंकले फोर्सफुल मर्जरको नीति अगाडि सारेको छ। मौद्रिक नीतिमा प्रोत्सान गरिने बुँदा उल्लेख गरेको राष्ट्र बैंकले सोमबार जारी गरेको निर्देशिकामा निर्देशन नै दिइने ब्यवस्था गरेको छ।

मौद्रिक नीतिमा भएको ब्यवस्थाहरुलाई कार्यान्वयन गर्न राष्ट्र बैंकले सोमबार निर्देशन जारी गरेको छ। यसमा 'फोर्सफुल' शब्द प्रयोग नगरे पनि त्यही दिशामा जाने उल्लेख गरेको छ।

'एउटै ब्यक्ति/समूहद्वारा प्रवर्द्धन भएका तथा एकाघर परिवार एवं ब्यवसायिक समूहको प्रत्यक्ष वा अप्रत्यक्ष स्वामित्व/नियन्त्रणमा रहेका संस्थाहरु र ब्यवसायिक सम्बन्ध स्थापित भएका वाणिज्य बैंकहरुलाई एक आपसमा गाभ्न/गाभिन निर्देशन दिइने छ' भनेर निर्देशिकामा उल्लेख गरिएको छ।

राष्ट्र बैंकले मौद्रिक नितिमा दिइएको छुट बाहेक पनि केही थप  छुटको ब्यवस्था गरेको छ। ६५ वर्ष नाघेकालाई प्रमुख कार्यकारी बनाउन पाइँदैन। तर मर्जरका लागि ६५ वर्ष पूरा भए पनि पुनर्नियुक्त गर्न सकिने ब्यवस्था गरिएको छ।