काठमाडौं उपत्यकामा थपिए १४ जना कोरोना संक्रमित, देशभर थप ३१६ जनामा पुष्टि

बिजमाण्डू
२०७७ असार १६ गते १७:०६ | Jun 30, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। देशभर थप ३ सय १६ जनामा कोरोना भाइरस पुष्टि भएको छ।

२४ घण्टामा गरिएको परीक्षणमा ३ सय १६ लाई संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३ सय १६ लाइ संक्रमण पुष्टि भएसँगै नेपालमा १३ हजार ५ सय ६४ संक्रमित संख्या पुगेको बताए।

पछिल्लो २४ घन्टामा उपत्यकामामात्रै १४ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौंका १२ जना, ललितपुरका एक जना र भक्तपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मंगलबार  ६० जना डिस्चार्ज भएका छन्। निको भएर डिस्चार्ज हुने संक्रमितको संख्या ३ हजार १ सय ९४ जना छ।

कोरोना संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ।