काठमाडौं। क्लासिक टेकले इन्टरनेट र टिभीसहितको अहिलेसम्मकै सस्तो प्याकेज ल्याएको छ।
कम्पनीले प्रभु टिभीसँगको सहकार्यमा सस्तो प्याकेज ल्याएको हो। कम्पनीका अनुसार महिनाको नौ सय तिर्ने ग्राहकले ३० एमबिपिएस गतिको इन्टरनेट र निशुल्क प्रभु टिभी पाउनेछन्।
वार्षिक ग्राहक बन्नेले यो प्याकेज पाउने कम्पनीले स्पस्ट पारेको छ। कम्पनीले इन्टरनेट र टिभी दुबै चलाउने ग्राहकको मागलाई संबोधन गर्दै यो योजना ल्याएको हो।