फोनपेको ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका मासिक बिजेता घोषणा, दुवइको ट्रिप

बिजमाण्डू
२०७६ फागुन १२ गते १६:१९ | Feb 24, 2020
फोनपेको ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका मासिक बिजेता घोषणा, दुवइको ट्रिप


काठमाडौं। मोबाईल भुक्तानी नेटवर्क फोनपेले ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका मासिक विजेता घोषणा गरेको छ। 

Tata
GBIME
Nepal Life

दुबई ट्रिपका लागि ग्राहकको तर्फबाट सुप्रिया शाक्य र मर्चेन्टका तर्फबाट हिमालयन किराना पसल बिजेता बनेका छन्। वजेता कल कान्तिपुरको लाइभ शोमा लक्की ड्रमार्फत घोषणा गरिएको थियो। 

दुबई ट्रिप जित्ने व्यक्तिले  थप तीन जना व्यक्तिलाई पनि आफुसँग लैजान पाउने छन्। विजेता २ जनवरीदेखि १ फब्रुअरीसम्म क्युआर मार्फत भुक्तानीगर्ने ग्राहक र मर्चेन्ट मध्येबाट छानिएका हुन्।

फोन पेले ग्राहक र मर्चेन्टका लागि नयाँ वर्ष २०२० को अवसरमा ६ महिनासम्म लागु हुनेगरी ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ उपहार योजना सञ्चालन गरिरहेको छ।  विजेताहरु दैनिक, साप्ताहिक र हरेक महिना घोषणा गरिनेछ।

दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शत प्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन्। यस्तै पाँच वटा मर्चेन्टले आकर्षक उपहार प्राप्त गर्नेछन् । यसैगरी हरेक हप्ता एक जना ग्राहक र मर्चेन्टले २५ हजार रुपैयाँको मोबाईल फोन जित्न सक्नेछन्। यस उपहार योजनामा हरेक महिना एक जनाग्राहक र मर्चेन्टले दुबई ट्रिप जित्न सक्नेछन्। 

उपहार योजना जुन अन्त्यसम्म सञ्चलन हुनेछ । यस उपहार योजनामा कुल १८ सय १० जनाले शत प्रतिशत क्यास ब्याक पाउनेछन् । यसैगरी साप्ताहिक दुईजनाका दरले ५० जना र प्रत्येक महिना दुई जनाका दरले १२ जनाले उपहार जित्ने मौका पाउनेछन् । 

फोन पेका हाल ९० हजारभन्दा धेरै मर्चेन्ट रहेका छन् भने नेपालभरका   ५० भन्दा बढि बैंक तथा वित्तिय संस्थाका ८० लाख मोबाईल बैंकिङ सदस्य रहेका छन्। फोन पे ले सदस्य बैंक तथा वित्तिय संस्थामार्फत थप नेटवर्क विस्तार गर्दै लगिरहेको छ।