प्रभु बैंक र एन-प्याब्सनबीच सम्झौता, विद्यालयको शैक्षिक शुल्क बैंकबाट तिर्न मिल्ने

बिजमाण्डू
२०७६ माघ २९ गते १८:२७ | Feb 12, 2020
प्रभु बैंक र एन-प्याब्सनबीच सम्झौता, विद्यालयको शैक्षिक शुल्क बैंकबाट तिर्न मिल्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रभु बैंक र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन एन-प्याब्सनका बीच बैंकिङ कारोबारका लागि सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका सिइओ अशोक शेरचन र एन-प्याब्सनका अध्यक्ष विण्णु पराजुलीले हस्ताक्षर गरे। सम्झौतापछि एन-प्याब्सनका सदस्य रहेका विद्यालयले प्रभु बैंकमार्फत शैक्षिक शुल्क भुक्तानी गर्न सकिने विज्ञप्तिमा उल्लेख छ। बैंकका अनुसार विद्यालयमा कार्यरत शिक्षक तथा अन्य कर्मचारीहरुको तलब खाता खोल्न सक्नेछन्।

नेपाल धितोपत्र बोर्डमा सूचीकृत कम्पनीहरुको आइपिओ, एफपिओ, डिबेञ्चर लगायतको सूचना र सेयर कारोबार प्रयोजनका लागि आवश्यक पर्ने डिम्याट खाता खोल्ने सुविधा समेत उपलब्ध हुने बैंकले जनाएको छ। एन-प्याब्सनले आयोजना गर्ने संस्थागत वार्षिक कार्यक्रम लगायत जुनसुकै कार्यक्रमहरुमा आधिकारिक बैंकको रूपमा प्रभु बैंक राखिने विज्ञप्तिमा छ।