आधार दर क्रमिक रुपमा घट्न थाल्यो: महँगो ब्याजबाट निरास लगानीकर्ताको मनोवल फर्किएला  

बिजमाण्डू
२०७६ मंसिर १८ गते ०९:२९ | Dec 4, 2019
आधार दर क्रमिक रुपमा घट्न थाल्यो: महँगो ब्याजबाट निरास लगानीकर्ताको मनोवल फर्किएला  

Tata
GBIME
Nepal Life

काठमाडौं। शेयर बजारका लगानीकर्ताले राहत महसुस गर्न पाउने भएका छन् । बैंकको ब्याजदर घट्ने संकेत उनीहरूलाई राहत मिल्ने भएको हो । 

ब्याजदर चर्को भएकै कारण लामो समयदेखि शेयर बजारमा लगानीकर्ताको आकर्षण छैन । जसका कारण शेयर बजार लगातार घट्दो अवस्थामा छ । तर पछिल्लो समय वाणिज्य बैकहरूले प्रकाशित गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार उनीहरूको आधार ब्याजदर घट्दो अवस्थामा देखिएको हो ।  

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८ वाणिज्य बैकले ब्याजदर घटाएका छन् । गत वर्षको अन्तिम चौमासिक वित्तीय विवरणको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ वाणिज्य बैकहरूमध्ये १८ को आधार ब्याजदर घटेको हो । 

आधार ब्याजदर घटेसँगै ऋणको ब्याज घट्ने संकेत देखिएको छ । ऋणको ब्याज घटेसँगै सबैभन्दा पहिले त्यसको असर शेयर बजारमा देखिने विश्लेषण हुन थालेको छ । किनकि ब्याजदरका कारण शेयर बजार लामो समयदेखि घट्दो अवस्थामा छ । बैंकको ब्याज महँगिएका कारण लगानीकर्ता शेयर बजारमा ऋण लिएर लगानी गर्न हच्किएका थिए । निक्षेपमै पर्याप्त ब्याज पाउन थालेपछि ठुला लगानीकर्ताको शेयर बजारमा भन्दा बैंक निक्षेपमै आकर्षण बढेको थियो । 

संस्थागत, व्यक्तिगत र सामूहिक लगानीकोषको समेत पछिल्लो समय बैक निक्षेपमा आकर्षण थियो । संस्थागत लगानीकर्ताले पछिल्लो तीन महिनामा दोस्रो बजारमा गर्ने शेयर कारोबार नै ५० प्रतिशतभन्दा बढिले घटाएका थिए । सामूहिक लगानी कोष र संस्थागत लगानीकर्ताले बैकले दिने ब्याजकै कारण उनीहरूले बैक निक्षेप बढाएका थिए ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैकहरुले ०.०७ विन्दुदेखि २.०२ विन्दुसम्मले आधार ब्याजदर घटाएका छन् । जसमा सबैभन्दा कम जनता बैकले ०.०७ विन्दु र स्ट्यान्डर्ड चार्टर्ड बैंकले २.०९ विन्दुले आधार ब्याजदर घटाएका हुन् । 

पहिलो त्रैमासको वित्तीय विवरणअनुसार यतिबेला सबैभन्दा कम आधार ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड बैंकको छ । उसले पहिलो त्रैमासमा ७.६३ आधार ब्याजदर सार्वजनिक गरेको छ । यस्तै नबिलको ७.९४, नेपाल बैकको ७.८४ ,एभरेस्ट बैक ८.९३ र हिमालयन बैंकको ८.९३ विन्दुमा आधार ब्याजदर झरेको हो ।

बैकहरूले पछिल्लो समय निक्षेपमा दिने ब्याज घटाउँदै लगेका कारण यसको असर आधार ब्याजदरमा परेको हो । बैकको आधार ब्याजदर घटेसँगै उनीहरूले कर्जामा दिने ऋण र निक्षेपमा दिने ब्याज घट्ने छ । किनकि बैकहरूले निक्षेपमै कम ब्याज दिएपछि ऋणको ब्याज समेत निश्चित रूपमा घट्ने छ । बैकको लागत कम भएपछि त्यसको असर आधार ब्याजदरमा देखिन्छ। आधार ब्याजदर नै कम भएपछि उनीहरूले दिने निक्षेप र कर्जाको व्यादर निश्चित रूपमै कम हुन जान्छ । 

बैकहरूले पछिल्लो समय मुद्दति निक्षेपमा दिने ब्याज घटाएका कारण यतिबेला त्यसको असर बेस रेटमा देखिएको शेयर विश्लेषक तथा पूर्वबैंकर अनलराज भट्टराईले बताए । पछिल्लो समय बैकहरूले राखेको एक वर्षे मुद्दति निक्षेपको नवीकरणमा ब्याजदर घटाएका छन् । 

अघिल्लो वर्ष एक वर्षे मुद्दति निक्षेपमा ११ प्रतिशतसम्म ब्याज दिएका बैकहरूले यतिबेला त्यही निक्षेप नवीकरण गर्दा ९.६० प्रतिशत मात्रै ब्याज दिन थालेको भट्टराईले बताए । 'यस्तो निक्षेपको मात्रा ३५ देखि ४५ प्रतिशतसम्म हुने गरेको छ,' उनले भने । दुई वर्षे मुद्दतिमा समेत यतिबेला ब्याजदर घट्दो अवस्थामै छ । 'जसका कारण यति बेला बैकको आधार ब्याजदर घट्न टेवा पुगेको हो,' भट्टराईले भने।

केहीको आधार ब्याजदर बढ्दो अवस्थामा देखिए पनि धेरै वाणिज्य बैंकको आधार ब्याजदर घट्दो अवस्थामा छ । पछिल्लो समय प्रकाशित वित्तीय विवरणहरूमा आधार ब्याजदर मिश्रितरूपमा देखिएका कारण यो टिकाउ हुने या नहुनेमा विश्लेषकहरूले शंका गरेका छन् । किनकि केही महिनादेखि न्यून विन्दुले मात्रै आधार ब्याजदर घटेकाले ढुक्क हुने अवस्था नभएको उनीहरूको भनाइ छ । 

'त्रैमासिक वित्तीय विवरणमा न्यून विन्दुको परिवर्तन देखिएको छ । यो टिकाउ हुनेमा शंका गर्ने ठाउँ छन्,' नेपाल इन्भेष्टर फोरमका पूर्वअध्यक्ष डा. आत्माराम घिमिरेले भने, 'सरकारले गर्ने पुँजीगत खर्चको अवस्था निराशाजनक छ ।  यस्तै अवस्था रहे त्यसले तरलता समस्या निम्त्याउन सक्छ ।'

 तर सरकारले पछिल्लो समय यो खर्च बढाउन निर्देशन दिएअनुसार नै काम भए पक्कै त्यसको असर ब्याजमा पर्न सक्ने उनको तर्क छ । 'पुँजीगत खर्च बढे ब्याज दर घट्छ, कम भए घट्ने सम्भावना कम हुन्छ,'  उनले भने । 

शेयर बजारलाई ब्याजदरले निश्चित रूपमै प्रभाव पार्ने गरेको भए पनि यसले मात्रै बजार बढाउन टेवा पुर्‍याउन पर्याप्त नहुने पूर्वबैंकर भट्टराईको विश्लेषण छ । किनकि बजारमा लगानीकर्ता नै यतिबेला शेयर बजारप्रति निश्चित हुन सकिरहेका छैनन् । 

'ओभर सप्लाइअनुसार डिमाण्ड क्रिएट हुनसक्ने अवस्था सिर्जना गराउन सकेमात्रै यसले बजारले गति लिन सक्छ,' भट्टराई तर्क गर्छन् । यतिबेला घटेको ब्याजदरले लगानीकर्ताले थप लगानी गर्ने सम्भावना देखिएको छ । संस्थागत लगानीकर्ता र सामूहिक लगानीकोषले समेत बैकबाट कम ब्याज पाउन थालेपछि उनीहरूको लगानी शेयर बजारमा तिरै मोडिने छ भने व्यक्तिगत लगानीकर्ताले समेत कम ब्याजमा पाएको ऋण शेयर बजारमा थप लगानी गर्ने छन् । जसले बजारमा माग बढाउने छ । 

पर्याप्त माग बढेमा बजार सुधारोन्मुख हुनसक्ने आंकलन यतिबेला घटेको आधार ब्याजदरसँग जोडेर लगानीकर्ताले विश्लेषण गर्न थालेका छन् ।   

वाणिज्य बैंक

आधार ब्याजदर % मा

फरक

असोज २०७६

असार २०७६

ADBL

10.18

8.12

2.06

BOKL

10.02

10.57

-0.55

CBL

11.11

9.98

1.13

CCBL

10.45

9.36

1.09

CZBIL

10.75

11.29

-0.54

EBL

8.52

9.95

-1.43

GBIME

9.44

9.54

-0.1

HBL

8.93

10.23

-1.3

JBNL

10.13

10.2

-0.07

KBL

10.68

7.98

2.7

LBL

10.24

10.37

-0.13

MBL

10.56

10.03

0.53

MEGA

10.19

10.31

-0.12

NABIL

7.94

9.98

-2.04

NBB

9.87

10.82

-0.95

NBL

7.84

8.33

-0.49

NCCB

10.77

8.09

2.68

NIB

8.48

9.86

-1.38

NICA

9.51

9.45

0.06

NMB

10.33

9.05

1.28

PCBL

9.67

10.32

-0.65

PRVU

9.24

10.52

-1.28

SANIMA

9.21

9.48

-0.27

SBI

9.94

10.58

-0.64

SBL

10.02

11.11

-1.09

SCB

7.63

9.72

-2.09

SRBL

9.97

7.63

2.34