सनराइज बैंकको सामाजिक उत्तरदायित्व बहन, बाल मन्दिरमा खाद्यान्न तथा न्यानो लुगा बाँड्यो

बिजमाण्डू
२०७६ असोज १४ गते १७:२६ | Oct 1, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। सनराइज बैंकले आफ्नो  १२ औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बालमन्दिरमा सहयोग सामाग्री वितरण गरेको छ।

बैंकले गैरीधारा स्थित बालमन्दिरमा सहयोग सामाग्री वितरण गरेको हो।

कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु बच्छराज तातेड, दीपक नेपाल, शारदा शर्मा पुडासैनी, र बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याललगायत अन्य पदाधिकारीहरुको उपस्थिती थियो।

उक्त कार्यक्रममा बैंकले बालबालिकाको लागगि रासनसामाग्री तथा जाडो  महिनाको लुगा गरेर करिब १ लाख पचास हजार बराबरको सामाग्री वितरण गरेको जनाएको छ।