नयाँ नोट छाप्दा करोडौं बाहिरिन्छ, त्यसैले दक्षिणा दिन डिजिटल वालेटको प्रयोग




हिन्दु धर्मवालम्बीहरुको महान् चाड दशैंमा मिठो परिकार खाने, नयाँ कपडा लगाउने, मान्यजनको हातबाट टीका तथा जमरा ग्रहण गर्दै आर्शिवादका साथसाथै नयाँ नोट दक्षिणा लिने÷दिने गरिन्छ। यसरी हेर्दा दशैंको अभिन्न संस्कृति नै बनिसकेको छ, नयाँ नो । यहि संस्कृतिलाई पछ्याउदै नेपाल राष्ट्र बैंकले पनि हरेक दशैंमा नयाँ नोट बजारमा पठाउँछ।

दशैंमा दिने आर्शिवादको शुरुवात नै 'आयुः द्रोण सुते' अर्थात आयु द्रोणका छोराको जस्तै होस् भन्ने वाक्याशंबाट शुरु हुन्छ। धर्मग्रन्थ अनुसार द्रोणका छोरा अस्वत्थामा ऋषी, जसको आयु चन्द्रमा र सूर्य संग सम्बन्धित छ । जबसम्म चन्द्रमा र सूर्य रहिरहन्छन् तबसम्म अस्वत्थामा ऋषी पनि जिवित रहन्छन्। यसरी आफन्तजनको आयु बढोस् भनि आर्शिवाद दिने चाडमा हामी टीका र जमरामा लत्पत्याएर नोटको आयु भने घटाइरहेका हुन्छौँ।

Tata
Jagdamba Steel
Sanima Bank

नोट हाम्रो सभ्यताको प्रतिक हो। कुनै पनि विदेशी नागरिक नेपाल भ्रमणमा आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नासाथ ऊ नेपाली मुद्रा सटही गर्न सटही काउन्टरमा पुग्दछ। उसको हातमा पर्ने नोटको आधारमा उसले नेपाल र नेपाली नागरिकका बारेमा धारणा बनाउँदछ। 

उसको हातमा केरमेट गरिएका, रङ पोतिएका, च्यात्तिएका झुत्रा नोट परेमा उसको मष्तिस्कमा नेपालीहरु असभ्य रहेछन् भन्ने धारणा बन्दछ। यहि कुरालाई मनन गर्र्दै नेपाल राष्ट्र बैंकले सफा नोट नीति लागु गरेको छ। चलनचल्तीमा पठाउन अयोग्य नोटहरु नेपाल राष्ट्र बैंकले सर्वसाधारणबाट तथा बैंक तथा वित्तीय संस्था मार्फत् संकलन गरी जलान (नष्ट) गर्दछ।

यसरी पुराना नोटहरु संकलन गरी जलान गर्दा नेपाल राष्ट्र बैंकले बजारमा नयाँ नोट पठाउनु पर्दछ। जसका लागि नोट छपाई गर्नुपर्ने हुन्छ। नोट छपाई नेपालमा हुँदैन। विदेशमा नोट छपाई गर्दा राज्यको करोडौँ रुपैँया बाहिरिन्छ। यसबाट शोधान्तर स्थितिमा प्रतिकुल प्रभाव पर्न जान्छ। 

हालसालै १०० र ५० रुपैयाँ दरका क्रमश ४० करोड र २३ करोड थान नोट छपाई गर्ने क्रममा मात्रै पाउण्ड स्र्टलिङ (जीबीपी)  क्रमश ८० लाख २० हजार र ४७ लाख ७२ हजार ५०० सय खर्च भएको छ। नोटलाई सुरक्षित, टिकाउ, विश्वसनिय बनाउन नोटमा बिभिन्न सुरक्षण बिशेषताहरु राखिएको हुन्छ। जसले गर्दा नोट छपाई महङ्गो पर्न जान्छ। 

हामीले साटेको नोट हिफाजत गरेनौँ भने राज्यलाई करोडौँ रुपैँया घाटा लाग्दछ। दशैँमा खानेकुराको जथाभावी उपभोग गर्दा जसरी हामी अस्वस्थ हुन्छौँ, त्यसैगरी नोटको जथाभावी प्रयोग गर्दा अर्थतन्त्र अस्वस्थ हुन्छ। र, नोट छपाई खर्चमा हामीले तिरेको करको अंश बढ्दै जान्छ। जसरी दशैंमा किनेका लुगा हामी जतन गरेर लगाउँछौ, टीका लाग्छ की भनी निधारको ठीक मुनी पर्ने गरी हात थाप्छौं, र पछिसम्म प्रयोग गछौँ, त्यसैगरी दशैंमा साटेका नोटको जतन गरी पछिसम्म उपयोग गर्न सकिन्छ।

दशैं जस्तो धेरै दक्षिणा आदानप्रदान हुने चाडमा नोट बढी ढुट्टिने हुन्छ। रगंको प्रयोगले नोट रंगिने तथा पैसा बोक्दा समेत कुच्याएर गोजीमा हाल्ने प्रवृति धेरै हुन्छ। त्यसैले दक्षिणा दिँदा नोट मात्रै नदिई खाममा लगाएर दिएमा नोट सुरक्षित रहन्छ। नोटलाई कुच्याएर गोजीमा नराखी नखुम्चिने गरी पर्समा राखे नोटको आयु बढ्दछ। 

सामान्यतया कागजी नोटको आयु ४/५ बर्षको हुन्छ तर दशैंका बेला बजारमा पठाइएका नोट एक बर्षमै पुराना हुन्छन्। नोटको उचित ढंगले प्रयोग गरेमा नोटको आयु बढ्न गई नोट छपाईमा खर्च हुने राज्यको करोडौं रुपैँया जोगिन जान्छ। अर्कातर्फ बजारमा सफा नोट हुँदा राष्ट्रको प्रतिष्ठा बढ्न जान्छ भने नक्कली नोटको बिगबिगी पनि घट्न जान्छ।

प्रबिधिको उच्चतम् उपयोग गर्दै दशैंका किनमेल कार्ड (पस मेसिन) मार्फत गर्न सकिन्छ। दक्षिणा दिन मोबाइल बैंकिङ, कनेक्ट आइपिएस, डिजिटल वालेट (इसेवा, खल्ती, आईएमई पे आदि) प्रयोग गर्न सकिन्छ। टेण्डर गरी विदेशमा छपाई गरिने हुँदा सबै दशैंमा माग अनुसार प्रत्येक दरका फ्रेस नोट उपलब्ध नहुनसक्छ भने सुकिला नोट ठूलो मात्रामा राष्ट्र बैंकको गोदाममा थन्किएको हुनसक्छ।  यस्तो अवस्थामा दशैंमा सुकिलो नोट  प्रयोग गरौँ भनी नेपाल राष्ट्र बैंकले गरेको आव्हानलाई अन्यथा लिनु हुँदैन। 

फ्रेस नोटलाई नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले प्रतिष्ठाको विषय बनाउनु हुँदैन। नोटको प्रयोग कम गर्ने र नोटको प्रयोग गर्दा यो हाम्रो सम्पत्ती हो भनी उचित ढंगले प्रयोग गर्ने बानी बसाली सभ्य र जिम्मेवार नागरिकको परिचय दिऔँ। 
(रेग्मी, नेपाल राष्ट्र बैंक, विराटनगरमा कार्यरत छन्।) 


Share this Story

   

नयाँ नोट छाप्दा करोडौं बाहिरिन्छ, त्यसैले दक्षिणा दिन डिजिटल वालेटको प्रयोग को लागी १७ प्रतिक्रिया(हरु)

anzeela[ 2019-10-07 01:40:37 ]
डिजिटल दक्षिणा केही बर्ष पछि सामान्य कुरा बन्नेछ। अहिले अलि असम्भव जस्तो देखिन्छ। भविष्यको कल्पना गर्न नसके त्यो लेखको के अर्थ ? मलाई त यो लेख बेजोड लाग्यो।

   हालसम्म ११ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Tarani Pd. Acharya[ 2019-10-02 11:34:52 ]
NRB le new note, New Year ma chhapne garda hunthyo..

   हालसम्म १८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


anjali neupane[ 2019-09-28 10:50:18 ]
म पनि केही बर्ष बैंकमा काम गरेको अनुभवले दसैं circulation मा नोट पठाउने उपयुक्त समय हैन भन्नेमा सहमत छु। दसैमा बजारमा गएका नोट तिहार पछि बैंकिङ प्रणालीमा आउछन् तर प्राय सबै unfit। जति फ्रेस नोट जनता सङ्ग बाकी रहन्छ त्यो जनताको घरमा रहन्छ , बैंकिङ प्रणालीमा आउँदैन। थोपा थोपा समुन्द्र भने झै सबै सङ्ग अलि अलि नोट रहदा पनि ठूलो परिमाण हुनजान्छ। यसले प्रणालीमा liquidity crunch को अवस्था सृजना हुन्छ।लेखकले भने जस्तो प्रविधिको प्रयोगमा अभ्यस्त हुन हामीलाई केही समय लाग्ला तर असम्भव हैन। हामीले सुरुवात गर्नुपर्छ। तत्कालै चाल्नुपर्ने कदम भनेको चाहिँ fresh नभई fit नोट बजारमा पठाउनु हो।

   हालसम्म ३१ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


मन्जिल[ 2019-09-27 04:45:25 ]
"यसरी हेर्दा दशैंको अभिन्न संस्कृति नै बनिसकेको छ, नयाँ नो ।" शुरुमै नोटको सट्टा नो मात्रै हुँदा मज्जा आएन।

   हालसम्म ३१ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


ISWAR KC[ 2019-09-27 04:01:17 ]
note sambhandi naya kanun, spasta niti, danda sajaya banayera kayaynayon garda thik huncha and sarkari karmachari le khane GHUS ko pani online transaction compulsory garde dekhi, proof ko darle GHUSKHORI rokincha.

   हालसम्म ३३ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


मन्जिल[ 2019-09-27 05:39:00 ]
प्रदेश नम्बर ५ सरकारले इसेवा चलाए कार्बाही गर्ने भन्ने समाचार पढेर निराश भएको बेला प्रविधिको उपयोगलाई प्रोत्साहन गर्ने एउटा कर्मचारीको लेख पढेर केही आश पलाएको छ। यस्ता सुधारका कुरा उठाउदा अहिले संस्कृति बिरोधिको आक्षेप लाग्छ। एउटा सरकारी कर्मचारीले यस्तो प्रतिकुल समयमा यो विषयमा यत्तिको लेख लेख्नु साहसिक प्रयत्न हो।

   हालसम्म २९ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


मन्जिल[ 2019-09-26 09:17:57 ]
प्रदेश नम्बर ५ सरकारले इसेवा चलाउनेलाई कारबाही गर्ने समाचार पढेर पुरै निराशामा थिए। केही समय पश्चात् यो लेख पढ्न पाए।सरकारी निकायमा कम्तीमा यत्तिको सोच राख्ने मान्छे पनि त रैछन भनेर केही आश पलाएको छ।यो संस्कृतिको अन्धो वकालत भैरहेको बेला एउटा सरकारी कर्मचारीले यत्तिको लेख लेख्ने अाँट गर्नु पनि चानचुने साहस हैन।

   हालसम्म २८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Anu[ 2019-09-24 08:57:51 ]
Malai ta fresh note ko scent bina dashain nai na aaye jasto lagchha.

   हालसम्म ३९ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Anup Paudel[ 2019-09-24 08:08:01 ]
" फ्रेस नोटलाई नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले प्रतिष्ठाको विषय बनाउनु हुँदैन।" यी संस्थामा कार्यरत कर्मचारीले आफ्नो घरमा पनि नयाँ नोटको सट्टा सुकिलो नोट प्रयोग गर्नुपर्यो ।

   हालसम्म ४२ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Bhabindra Koirala[ 2019-09-23 06:35:32 ]
पुराना नोट बजारबाट खिच्न नयाँ नोट बजारमा पठाउनै पर्छ। रङ्गको पर्वलाई नयाँ नोट बजारमा पठाउने अवसर ठान्नु गलत थियो। यसलाई सच्याउनु पर्छ।

   हालसम्म ४८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


rajan[ 2019-09-23 05:39:34 ]
दशैमा नया नोट दिने प्रचलन ने.रा. बै. ले रोक्नु पर्छ । नेराबैले नै गर्दा जनताको आवश्यकता बनिसक्यो नया नोट । यहा कमिशन र अनियमितताको खेल सायद नहोला ।

   हालसम्म ५० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Saroj Katwal[ 2019-09-23 08:15:46 ]
बर्सेनि दशै को बहानामा नया नोट वितरण गरि नोट छपाई मा हुने करोडौं रकम जोगाउनको लागि ठोस कदम जरुरी छ । नयाँ नोट र अन्य सुकिलो नोटको मुल्य बराबर हो ।।।

   हालसम्म ४६ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


स्वेता पराजुली[ 2019-09-22 07:25:17 ]
shanker dev ma degree padda samma pani bolda pani laj le rato hunthiyo. Article lekhna thalex . Khusi lagyo afnai sathi le lekhya raix.

   हालसम्म ५७ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


bj[ 2019-09-22 08:15:21 ]
सरकारी अड्डामा देशको यत्तिको चिन्ता गर्ने मान्छे पनि हुन्छन् ?

   हालसम्म ५४ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Bishal paudel[ 2019-09-21 09:13:44 ]
यस्ता नयाँ सोच आउनु जरुरी छ।

   हालसम्म ६१ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Bishal Paudel[ 2019-09-20 09:33:47 ]
soch ramro ho. Tatkalai ali odd suniye pani yi din dekhna painchha.

   हालसम्म ५९ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Sujan rasaili[ 2019-09-20 05:45:33 ]
अत्यन्तै सान्दर्भिक र मनन योग्य बिषय। नोटको जतनसाथ प्रयोग गरी राज्यको खर्च र देशको प्रतिष्ठा बृद्धी गरौ भन्ने करा राम्रो छ ।

   हालसम्म ६० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell