काठमाडौं। सनराइज बैंकले गत बर्षको तुलनामा बढाएर लाभांस दिने भएको छ। गत आर्थिक बर्षको नाफाबाट बैकले १५.८ प्रतिशत लाभांस प्रस्ताव गरेको छ।
बैकले १० प्रतिशत बोनस शेयर दिँदै छ। कर प्रयोजन सहित ५.८ प्रतिशत नगद लाभांस दिने छ। बैकले गत बर्ष ११.५ प्रतिशत लाभांस दिएको थियो।
अघिल्लो बर्ष बैंकको लाभांस दर १५ प्रतिशत रहेको थियो। बैंकले गरेको प्रस्ताबित लाभांस साधारणसभा र नेपाल राष्ट्र बैकले स्वीकृत गरेपछि लगानीकर्ताले पाउने छन्।
गत बर्ष बैंकले एक अर्ब ७० करोड रुपैयाँ नाफा गरेको थियो। हाल बैकको चुक्ता पूँजी आठ अर्ब १५ करोड रुपैयाँ रहेको छ।