पूँजी बजारका बारेमा अध्ययन गर्न संसदले बनायो समिति, बैंकलाई ब्रोकर लाइसेन्स दुई महिना सर्यो




काठमाडौं। पूँजी बजारको बारेमा अध्ययन गर्न संसदले पनि समिति बनाएको छ। संसदको अर्थ समितिले रामकुमारी झाँक्रीको संयोजकत्वमा दुई महिनाभित्र प्रतिवेदन दिने गरी समिति बनाएको हो। 

शेयर बजार लामो समयदेखि बिस्तार हुन नसकी स्थिर प्राय रहिरहेको र मुद्रा बजारमा समेत समय समयमा आरोहअवरोह भइरहेको सन्दर्भमा समिति गठन गरिएको बताइएको छ।

TATA
SANIMA new
Jagdamba Steel

यस क्षेत्रसँग सम्बन्धित समस्या, समस्या सृजना हुनुका कारण, सम्बन्धित निकायबाट भइरहेका कामकारवाही र समाधानका लागि गर्नुपर्ने नीतिगत, संरचनात्मक र ब्यवस्थापकीय लगायतका सुझाबसहितको प्रतिवेदन समितिले दिने छ।

त्यसपछि अर्थसमितिले ब्रोकर लाइसेन्सलगायतका बारेमा आवश्यक निर्णय गर्न छ। अर्थ समितले बुधबार गभर्नर डा. चिरञ्जिबी नेपाल, अर्थ सचिव राजन खनाल, धितोपत्र बोर्ड, स्टक एक्सचेन्जलगायतका अधिकारीहरुसँग छलफल गरेको थियो। 

छलफलपछि आवश्यक निर्णय लिनुअघि अध्ययन गर्ने पक्षमा अर्थ समिति देखिएको हो। अर्थ समितिले निजीकरण समितिमा सत्य पहाडी र जयकुमार राईलाई मनोनितसमेत गरेको छ।


Share this Story

   

पूँजी बजारका बारेमा अध्ययन गर्न संसदले बनायो समिति, बैंकलाई ब्रोकर लाइसेन्स दुई महिना सर्यो को लागी १ प्रतिक्रिया(हरु)

Mo2N[ 2019-08-15 07:16:45 ]
ब्रोकरहरू कति खुवाएछन कुन्नी?

   हालसम्म १२६ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell