
आर्थिक, ब्यवसायिक तथा सहकारीसँग सम्बन्धित ब्यक्तिहरुलाई राष्ट्रिय पदक दिइएको हो।
सहकारी आन्दोलनका अगुवा केशव बडाललाई सुप्रवल जनसेवा श्री तृतीय दिइएको छ। यसैगरी उद्यमीहरु हरिभक्त शर्मा, हेमराज ढकाल, देविप्रकाश भट्टचन, मीनवहादुर गुरुङ, लोकमान्य गोल्छा र राजेन्द्र मल्ललाई पनि सुप्रवल जनसेवा श्री तृतीय दिइएको छ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई पनि प्रवल जनसेवा श्री चतुर्थ दिइएको छ। यो पदक चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाह, कृषि सहकारीकी मीना ढकाल, उद्यमी निरु पुलामीले पनि पाएका छन्।

होटल संघ नेपालका अमरमान शाक्य, ललितपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अजरमान जोशी, रत्ननगर टाँडीका ब्यवसायी दीपककुमार कर्मचार्य र यादवप्रसाद पाण्डेलाई पनि दिइएको छ।
राष्ट्रपतिले गरिन् ब्यवसायिक क्षेत्रका प्रतिनिधिहरुलाई सम्मान, क-कसले पाए राष्ट्रिय सम्मान? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।