काठमाडौ। सञ्चालनमा रहेका २८ बाणिज्य बैंकहरुको फागुन अन्तिम साता निक्षेपमा अस्वभाबिक बृद्धि देखिएको छ। जबकी ऋण लगानी बढेको छैन।
बैंकहरुको फागुन २६ देखि चैत १ गतेसम्मको एक साताको अवधिमा निक्षेप १४ अर्ब रुपैयाँले बढेको हो। कुल निक्षेप २६ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ। ऋण भने २३ खर्ब ९९ अर्बमा सीमित देखिएको छ।
यद्यपी चालु बर्षभित्र निक्षेप २१९ अर्बले बढ्दा ऋण बिस्तार भने २८९ अर्बले उक्लिएको छ। फागुन अन्तिम साता स्थानीय निकायलाई जाने संघीय बजेट बैंकमा पुगेकाले निक्षेपमा सुधार भएको बैंकरहरु बताउँछन्।
स्थानीय निकायमा आएको पैसामध्ये अधिकांस राष्ट्रिय बाणिज्य बैंकमा पुगेको छ। छिटपुट मात्र अन्य निजी क्षेत्रका बैंकमा छरिएको छ।
एक सातामा विदेशी मुद्राको निक्षेप १ अर्बले बढेको छ भने ऋण भने एक अर्बले घटेको छ।