नेशनल लाइफ इन्स्योरेन्समा भित्रिए भवन भट्ट, कारोबारबाट एक करोडभन्दा धेरै पूँजीगत लाभकर तिर्ने

बिजमाण्डू
२०७५ फागुन ३० गते १६:१४ | Mar 14, 2019
नेशनल लाइफ इन्स्योरेन्समा भित्रिए भवन भट्ट, कारोबारबाट एक करोडभन्दा धेरै पूँजीगत लाभकर तिर्ने


काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको एक लाख ९६ हजार २६२ कित्ता संस्थापक शेयर भवन भट्टको बीबी होल्डिङले खरिद गरेको छ।

Tata
GBIME
Nepal Life

गैर आवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष भवन भट्टले एक वर्ष अगाडि नै खरिद सम्झौता गरे अनुसार आज कारोबार भएको हो।

एक वर्ष अगाडि सर्वसाधारण शेयर २२०० रुपैयाँ भन्दा माथी हुँदा भट्टले संस्थापक शेयर प्रतिकित्ता १०७० रुपैयाँमा खरिद गरेका थिए। वर्षदिन अघि नै द्विपक्षीय रुपमा यसको 'म्यानुअल कारोबार' भएको थियो।  

तर बिहीबार दोस्रो बजारमा कम्पनीको सर्वसाधारण शेयरको मूल्य ६६९ रुपैयाँ मात्रै छ। आज एक लाख ९६ हजार २६२ कित्ताको २१ करोड २४० कित्ताको कारोबार भएको छ।

आज  भएको कारोबारबाट नेशनल लाइफ इन्स्योरेन्समा बीबी होल्डिङको हिस्सा ०.७४ प्रतिशत कायम हुनेछ। कम्पनीको हालको चुक्ता पूँजी दुई अर्ब ६४ करोड रुपैयाँ रहेको छ।       

आज भएको कारोबारबाट एक करोड २० लाख रुपैयाँ भन्दा माथिको पूँजीगत लाभकर तथा अन्य शुल्क भुक्तानी हुने छ। एनआरएन अध्यक्ष भट्टले नेपालका विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन्।