आइएमई जनरल इन्स्योरेन्सले कञ्चनपुरमा शाखा खोल्यो, सरल र विश्वसनीय सेवा दिने दाबी

बिजमाण्डू
२०७५ माघ २४ गते ०७:५१ | Feb 7, 2019
आइएमई जनरल इन्स्योरेन्सले कञ्चनपुरमा शाखा खोल्यो, सरल र विश्वसनीय सेवा दिने दाबी


काठमाडौं। आइएमई जनरल इन्स्योरेन्सले कञ्चनपुरमा नयाँ शाखा खोलेको छ। शाखाको कम्पनीका अध्यक्ष हेमराज ढकाल र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले संयुक्त रुपमा उद्घाटन गरे।

Tata
GBIME
Nepal Life

अध्यक्ष ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशैभरी शाखा विस्तार गर्ने बताए । उनले ग्राहकलाई सरल,छिटो र विश्वसनीय सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको बताए।कार्यक्रममा महाकाली यातायात समितिका अध्यक्ष डम्बरराज पन्त,कन्चनपुर हार्डवयर एशोसिएसनका अध्यक्ष दानसिंह ठकुराठी ,पवन दुग्ध ब्यवसायी समितिका अध्यक्ष निराजन बहादुर मल्ल लगायतको उपस्थिती थियो। कम्पनीको ४४ वटा शाखा र १० वटा सेवा काउन्टर छ।  

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्तवादे श्रेष्ठले कम्पनीले चालु आर्थिक वर्षको माघ २२ गतेसम्ममा करिब ७० करोड बीमा शुल्क आर्जन गरेर कूल लगानी १ अर्ब ७ करोड रहेको जानकारी दिए।