मुम्बइ। भारतीय केन्द्रीय बैंकका गभर्नर उर्जित पटेलको राजीनामापछि प्रधानमन्त्रीका आर्थिक सल्लाहकारले पद त्याग गरेका छन्।
भारतका प्रसिद्ध अर्थशास्त्री सुरजित भल्लाले प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक सल्लाहकार परिषद्बाट राजिनामा गरेका हुन्। उनले डिसेम्बर १ मै राजीनामा दिएको बताइएको छ।