काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंकले माघ ७ गते ३२औं वार्षिक सधारणसभा डाकेको छ। मंसिर २१ गते बसेको सञ्चालक समितिले आगामी साधारणसाले सर्वसाधारण समुहबाट एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव गरेको छ।
बैंकको सञ्चालक समितिले यस अगाडि घोषणा गरेको १७.५ प्रतिशत नगद लाभांस साधारणसभाबाट पारित गर्ने भएको छ।
साधारणसभाले गत आर्थिक वर्षको वित्तीय विवरणको विषयमा छलफल गर्नेछ। बैंककले साधारणसभा प्रयोजनको लागि पुष २९ देखि माघ ७ गतेसम्मको लागि बुक क्लोज गर्ने भएको छ।
बैंकले वर्तमान लेखापरीक्षक एसएआर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्सलार्इ नै पुनः नियुक्त गर्ने भएको छ। पुष २८ गतेसम्म कायम शेयरधनीले नगद लाभांस पाउन सक्ने छन्।