काठमाडौं। एनआइसी एसिया बैंकले भिसा डेबिट तथा क्रेडिट कार्डबाट हुने खरीदमा क्यास ब्याक दिन अफर ल्याएको छ।
बैंकले नेपालभित्र भिसाको सहकार्यमा पिओएस मेसिनमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता योजनाको शुरुवात गरेको हो। यो स्किम डिसेम्बरदेखि जनवरीसम्म लागू हुने छ।
बैंकको ४ लाख ५० हजारभन्दा बढि भिसा डेबिट वा क्रेडिट कार्ड ग्राहकहरु छन्। यो स्किमबाट बैंकका सबै कार्डहोल्डरहरु लाभान्वित हुने विज्ञप्तिमा उल्लेख छ।
बैंकका २६८ शाखा, २८० एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ ईकाई छन्। बैंकको वासलातको आकार २११ अर्ब भन्दा माथि पुगिसकेको छ।