क्लियरिङ हाउसको ४० प्रतिशत लाभांश साधारणसभाबाट पारित, चुक्ता पुँजी साढे २१ करोड पुग्यो

बिजमाण्डू
२०७५ असोज २६ गते १३:४० | Oct 12, 2018
क्लियरिङ हाउसको ४० प्रतिशत लाभांश साधारणसभाबाट पारित, चुक्ता पुँजी साढे २१ करोड पुग्यो

काठमाडौं। नेपाल क्लियरिङ हाउसले शुक्रबार ७ ‍औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। साधारणसभाले चुक्ता पुँजीको २० प्रतितशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर पारित गरेको छ। कम्पनीले गत आर्थिक वर्ष १८ करोड १६ लाख रुपैयाँ नाफा गरेको थियो। 

Tata
GBIME
Nepal Life

कम्पनीको चुक्ता पुँजी १८ करोड रुपैयाँ रहेको छ। बोनस शेयर पारित भएसँगै चुक्ता पुँजी २१ करोड ६० लाख रुपैयाँ पुग्नेछ। कम्पनीले गत वर्ष एनसिएचएल इसिसीमार्फत जम्मा ९६ लाख ८६ हजार चेक राफसाफ गरेको थियो। कम्पनीले औषतमा दैनिक राफसाफ २६ अर्ब ६० करोड रुपैयाँ रहेको छ। 

कम्पनीले ८० वटा बैंक तथा वित्तीय संस्थाहरुको ४ हजार ८० वटा शाखाहरुबाट खिचिएका चेक राफसाफ गरेको छ। कम्पनीले वैशाख १२ गतेदेखि अनलाइन माध्यममार्फत सोझै आफ्नो बैंक खाताबाट नेपाल सरकारको राजस्व भुक्तानी, फण्ड ट्रान्सफर, अन्य भुक्तानी गर्न सकिने 'कनेक्ट आइपिएस इ पेमेन्ट' प्रणाली सञ्चालनमा ल्याएको छ। 

यस प्रणालीमा हाल ४४ वटा बैंक तथा वित्तीय संस्था आवद्ध रहेका छन्। कम्पनीमा नेपाल राष्ट्र बैंकको १० प्रतिशत, बैंक तथा वित्तीय संस्थाको ८० प्रतिशत र स्मार्ट च्वाइज टक्नोजोजिको १० प्रतिशत शेयर रहेको छ।