सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डहोल्डरले मेडिसिटी अस्पतालमा उपचार गराउँदा छुट पाउने

बिजमाण्डू
२०७५ जेठ ३१ गते १०:१२ | Jun 14, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं।  सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल मेडिसिटी अस्पताल, भैंसेपाटी बिच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोको उपस्थितिमा आयोजित उक्त समारोहमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र अस्पतालका तर्फबाट जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरेका छन्।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रडिट कार्डवाहक ग्राहकहरूले नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा ७ प्रतिशत सम्म छुट पाउँनेछन्।

सिटिजन्स बैंकले  देशैभरी फैलिएका  आफ्ना ७४  वटा शाखा, ७० वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट ग्राहकलाई आधुनिक बैंकिङ सेवा दिदै आएको छ।

आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने सुविधाहरु उपलब्ध गराउँदै आएको छ।