जनता बैंकले सुरु गर्यो बैंकास्योरेन्स, अब बैंकबाटै जीवन र निर्जीवन बिमा, सबै शाखामा उपलब्ध

बिजमाण्डू
२०७२ बैशाख ७ गते ००:०० | Apr 20, 2015
काठमाडौं । जनता बैंक नेपालले बैंकास्योरेन्स सेवा सुरु गरेको छ । सोमबारदेखि सुरु भएको सेवा बैंकका निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई दिइने छ । 
 
सेवा प्रदान गर्न बैंकमा छुट्टै ईकाइको ब्यबस्था गरिएको छ । जनता बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट बैंकिङ सेवाका अतिरिक्त इन्स्योरेन्स सेवासमेत लिन सक्नेछन । बैंकास्योरेन्स अन्तर्गत ग्राहकहरुले जीवन बीमा तथा निर्जिवन बीमा गर्न सक्ने छन् । 
 
ग्राहकले बैंकबाटै बीमा लेख लिन, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा लिन सक्नेछन । बैंकका ३५ शाखा, एक एक्सटेन्सन काउन्टर र २८ वटा एटिएम छन् । 

Tata
GBIME
Nepal Life